समय र सम्झना

Share this post :

Facebook
Twitter
WhatsApp

सम्झनाले समयको याद गराउँछ
आखिर समयको सम्झना रहेछ जिन्दगी
बाँचेको छु त्यही दुखको समयलाई सम्झेर म ।

सम्झनाले स्वैच्छिक खुशी दिन्छ पनि होला
मृत्यु(समयको सम्झनाले प्यारो खुशीलाई लुट्छ
कतिका बा–आमालाई, आफन्तलाई, प्रियजनलाई

कारण रोग होस्, भोक होस् वा उमेर नै किन १
सम्झनाले समयलाई
हावामा विलीन गराएको छ, सम्झेको छु उही
समयले साथमा लिएका बालाई
सम्भव छैन मैले फेरि मेरो बनाउन
सक्दिन पाउन र पनि सम्झेको छु

तिनै पुराना सम्झनालाई
खोज्छु दुखको सम्झनाबाट टाढा भाग्न
तर सम्झनासमयको बुई चढेर
याद बनेर बादल भित्र कुद्न थाल्छ मन(मनमा
आकाशमा गड्याङ र गुडुङ पड्के झैं

मन र–मुटुमा झिलिक र मिलिक घुक्क(घुक्क पारेर
आँखाका कुना–कुनाबाट झार्छ पीरका नुनिलाबर्सिला आँशु
समयले बत्ती बाल्छ पुराना यादको
मानौं, मैले नै मेरा बालाई हैन
बाले मलाई खोजिरहेछन्,समयको दुःखिलो पर्दाभित्र
र, अटुट सम्झना बनेर बारम्बार दोहोरिरहन्छ त्यही दिन ।

एउटै हैन समयको हाट बजार र शोकको सम्झना
बलियो समयको टापमा मृत्युको गीत गाएर
दुःख बर्सिएको दिनको कथा
पानी पानी बनेर बर्षेको थियो पहाडबाट
समयले टुहुरो पारेर एक्लाएको थियो
जब समयबुढ्यौलीनभै बैंसिएर
माटोमा खहरे बनेर उर्लेको थियो

समयको खहरेले दुःखको सम्झना गराएसँगै
बाले मलाई अब जान्छु भनेझैं लाग्छ
आखिर समयको सम्झना रहेछ जिन्दगी
जति पुर्न खोजे पनि नपुरिने
जति खुशी रोप्न खोजे पनि बेमौसमी मनसुन बनेर बर्सिने
बाँचुन्जेलको समयको सम्झनालाई मेटेर
उही एक हिउँद
आजीवन एकान्त पार्ने
बुबाविहीन घर
एकै निमेष भए पनि आफ्नै खुशीमा घरमा सुत्न नदिने
समयलाई बिर्सन पनि कहाँ सकिन्छ र रु
प्रत्येक समयले बुबालाई जीवित बनाएर
निःशब्द त्यही रातमा
सम्झिन्छु
समयको सम्झना रहेछ जिन्दगी ।

जब हिंउँद आउँछ
मेरो सम्झनामा
चक्रिन्छ सम्झनाको उही चक्र
जब समयलाई अचाक्ली सम्झन्छु
बर्सन्छ बादलबिनाको झरी
देख्छु गुराँसहरूलाई बेरङ्गी
चराहरूलाई चुच्चो बिहिन
पालुवा नभएको हाँगामा कुरुप फूल फुल्छ
मेरो समयको सम्झनाका यादहरुमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *