जेन–जी मनोविज्ञानको राजनीतिक निकास

Share this post :

Facebook
Twitter
WhatsApp

दुर्गानारायण ढकाल
(प्रज्ञा–सभासद् नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाण्डौ)

विश्वमा चर्चा हुनेगरी गत भाद्र २३ र २४ गते नेपालमा भएको जेन–जी आन्दोलनका सन्दर्भमा मूल्याङ्कन गर्ने राजनीतिक, सामाजिक, सांस्कृतिक पाटाहरू धेरै छन् । तर मुख्य आन्तरिक दार्शनिक दृष्टिकोण र युवा मनोविज्ञान प्रमुख ठानी यो लेख तयार पारिएको छ ।

जेन–जी आन्दोलन र अहिलेको वर्तमान अवस्थाको मूल्याङ्कन गर्दा सर्वप्रथम युवावस्थाको शारीरिक मानसिक मनोवैज्ञानिक अवस्था कस्तो हुन्छ ? उनीहरूले उमेरअनुसार कस्तो सोचाइ राख्दछन् ? दोस्रो युवावस्थामा उनीहरूको चिन्तन कस्तो हुन्छ ? तेस्रो ऐतिहासिक घटनाक्रम र युवाउमेरमा तत्कालीन अवस्थाका युवाउमेरका व्यक्तिहरूले गरेका घटना चौथो वर्तमानमा भएका युवाआन्दोलनको मुलजरो के हो ? र पाँचौ भोलिका दिनमा युवाहरूको लागि राज्यले निभाउनुपर्ने भूमिका र युवामनोभावना को विषयमा चर्चा गरिएको छ ।

मूलतः क्षमता विकास र राष्ट्रिय चिन्तनको जागरणमा उनीहरूले पटक–पटक बिद्रोह गर्न नपर्ने अवस्थाको सृजना कसरी गर्ने भन्ने विषयमा ब्यापक छलफल चलाउँदै राष्ट्रिय राजनीति शक्तिहरूलाई सहभागी गराएर मात्र नेपालमा चलेको जेन–जी आन्दोलनको जरो पत्तालागउन सकिन्छ ।

१.पहिलो युवाअवस्थाको मनोविज्ञान के हो ? हरेक जीवजन्तुहरूका जीवनमा आ–आफ्ना चरण हुन्छन् । फुलकोे कोपिला निस्कन्छ, फक्रन्छ, फुल्छ र आखिर दुनियालाई बास्ना छरेर ओइलाउँदै झरेर जान्छ । त्यस्तै मानव जीवनका पनि चरणहरू हुन्छन् । भ्रुर्ण, बच्चा हुँदै युवावस्थामा पुग्ने क्रमलाई हामीले सुनीआएको “लालने पञ्चवर्षाणी, ताडने दशमवर्षे, प्राप्तेशु षोडशे वषर्,े पुत्रम्मित्र तथा चरेत्” जब बच्चा १५÷१६ वर्ष हुन्छ, त्यसलाई मित्र सरह मान है भनि आइएको छ ।

यसको मतलव उसले १६ वर्ष पुग्दा शारीरिक, मानसिक, बौद्धिक रूपमा पूर्ण भएको मानिन्छ । यो पूmल जस्तै फक्रिदोे उमेर हो । एक किसिमले उसको मानसिक अवस्था आगो सरह हुन्छ ।आगो मानवजीवनको लागि आवश्यक छ तर सुरक्षित प्रयोगगर्दा राम्रो गर्छ भने त्यसलाई जथाभावी प्रयोग भयो भने ठूलो हानी पनि हुनसक्छ । यही १३ वर्ष माथिका २८ वर्ष उमेर नपुगेकालाई जेन–जी उमेर समूह भनिन्छ ।

युवावस्थाले घर परिवार समाज र हरेक क्षेत्रमा समान सहभागिता र हैसियतको खोजीगर्न खोज्दछ । त्यही प्रतिबद्धताको माध्यमबाट आफ्ना बौद्धिक व्यक्तित्वको विकासगर्न चाहन्छ । आफ्नो घर परिवार समाज र राष्ट्रको बेथिति न्याय अन्यायको निगरानी राख्छ । आफ्नो सोचाइ अनुसार परिवार समाज चलेको देख्न चाहन्छ । यो उमेर समूहमा विभिन्न सोचहरू आउँछ । खराबकुराकोे तत्कालै प्रतिवादगर्ने, आफ्नो विचारमिल्दो भएनभएको निगरानी राख्ने र तत्कालै अन्याय अत्याचार तथा आफ्नो विचार नमिल्ने देखेमा प्रतिवाद गर्दछ । बेथिति अन्याय अत्याचार देखेमा त्यसको विरुद्ध अथवा आफ्नो इच्छा विपरित भएको कुनै कामको तत्कालै बिद्रोहगर्नसक्ने क्षमतापनि युवामा हुन्छ ।

साथै समाजभित्रका बिद्रोह बिमेलले उसको ध्यान आकर्षित गरिरहेको हुन्छ । युवाले बाबु, बाजेको भन्दा आफ्नो भविष्य सुन्दर देख्न चाहन्छ । ऊ आफ्नै पौरख उन्नति गरेर जीवन विताउन चाहन्छ । जस्तो परेवाले बच्चा हुर्की उडनसक्ने बनाएपछि छाडिदिन्छ । ती परेवाका बच्चाले आफ्नो गुण आफै बनाए जस्तै युवामा पनि त्यो भावना हुन्छ । बाबु आमाको सम्पत्तिमा निर्भर हुन चाहँदैन । युवाले विवाह गरेपछि जीवनसाथीसँगको व्यवहार र वर्तमान परम्पराबाट पनि युवाको भावना बुझन सकिन्छ । आफ्नो भविष्य कस्तो बनाउने, कसरी जीवन बिताउने भन्ने टुंगो लगाउने, भविष्यको लागि व्यावसाय, नोकरी, सामाजिक कार्यकर्ता आदि विविध पेशाको जग बसाउने उमेर पनि हो । युवाहरू जस्तो साथीसँग सङ्गत ग¥यो ऊ उस्तै हुन्छ । यी युवामा देखिने प्राकृतिक गुणहरू हुन् ।

मूलतः घरपरिवार, समाज, विद्यालय, राष्ट्रिय परिस्थिति यि युवाहरूको जीवनमा बाटो देखाउने गोरेटो हुन् । युवालाई जीवनको गोरेटो देखाउन पाँचदेखि १०÷१२ वर्षसम्म जस्तो शिक्षादिक्षा र व्यवहारको छाप प¥यो ती व्यवहार र छापहरू १५÷१६ वर्षको उमेरमा पुग्दा प्रखर रूपमा प्रकट हुन्छन् । विद्यालय र घरव्यवहार युवाको लागि बाटो देखाउने प्रमुख स्रोत हुन् । हामीकहाँ २०२८ सालबाट सुरू भएको उदारवादी शिक्षानीति जसले सामाजिक परम्परा भत्काइ युवालाई विदेशी भाषा र गुगल मात्र पढाए, भूगोल पढायन । हाम्रो शिक्षानीति माटो सुहाउँदो व्यवहारिक भएन । त्यसको प्रमाण पुरानो शिक्षा ऐन अहिलेसम्म कायम हुनु हो ।

२.युवा अवस्थाको चिन्तन ः युवाअवस्थाका सचेत युवाले हाम्रो यो संसारको भविष्य कस्तो होला ? पुरानो राजनीतिक सामाजिक अवस्था कस्तो छ ? भोलि कस्तो बनाउने भन्ने सोच्दछन् । असीमित युवाहरूमा आफ्नो भविष्यप्रतिका चिन्तनहरू नाचिरहेका हुन्छन् । चिन्तनहरू हरेक युवामा फरक–फरक दार्शनिक चिन्तन, भविष्यप्रतिको जिम्वेवारी दिमागमा नाचिरहेको हुन्छ । युवाअवस्था एककिसिमको दार्शनिक चिन्तनको जग पनि हो । यस विषयमा कवि रवीन्द्रनाथ ठाकुरले हरेक मानवमा पाइने एउटा सुन्दरमनको वर्णन आफ्नो कवितामा यसरी व्यक्त गरेका छन् ।
मूर्ख मनले एउटा बाटो खोज्दछ व्यर्थ, इतिहासमा आपूmलाई पाउँन ।
निरुद्देश्य भड्किन्छ कोठाहरूबाट बाहिर,
र आगाडि टाढा मैदानमा, सघन वनहरूमा ।
चलाउँछ, खियाउँछ खुट्टाहरू, धुलो उडाउँदै
आर्तनाद गर्दै र टाउको ठोकाउँछ वृक्षहरूमा ।
दौडन्छ प्रवल वेगले, देखेर उज्यालो किरण,
र त्यसलाई पक्डन घुम्दै जान्छ ।
फेरि लड्छ घाँसमा,
साना शिशुजस्तै,
जान्दैन सपना कहाँ छन्
जीवन कहाँ छ । (दर्शन के हो ? पृ.१४)

आखिर युवाको समग्र चाहना अव्यवस्थाबाट सुव्यवस्थाको खोजी गर्ने हुन्छ । दिमागभरी कल्पनाका चाँङहरू हुन्छन् । उसले आपूmभन्दा बृद्ध तथा बालबच्चालाई सदा युवाको रूपमा देखिरहन्छ । आपूmसँग सँगसँगै डो¥याएर हिंडन खोज्छ । हरेक युवाको चिन्तन आपूm, परिवार, राष्ट्र र संसारलाई केन्द्र बनाउन चाहन्छ । हामीले यो कुरापनि भुल्नु हुँदैन कि कुनै युवाले विश्वव्यापी सङ्गठन गरोस् या नगरोस् कसैले उसलाई कसैले भावनामा बगाएर उपयोग गर्न पनि सक्छ । युवावस्था तत्काल भावनामा बग्नसक्ने अवस्था हुन्छ । भावनामा बगी गरेका कतिपय कामहरू घातकपनि हुनसक्छन् ।

युवा अवस्था अनगिन्ती सपना देख्ने उमेर हो । भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको भनाइ यहाँ सान्र्दभिक हुन्छ । “सपना सबै मानिसले देख्छन्, तर जसले सपनालाई केन्द्रित गरी लक्ष्य प्राप्तिको लागि बिपनामा परिणत गर्न संघर्ष गरिरहन्छ, त्यो महा–मानव हो ।” त्यस्तै हरेक युवामा महा– मानव बन्ने तीब्रइच्छा हुन्छ । उनीहरूको मनोभावना बुझि सचेत बनाउने, आपूm र राष्ट्र केन्द्रित बनाउने अभिभावक, समाज र राष्ट्रको दायित्व हो । त्यसको प्रमाण बाबु आमा कुनै पार्टीको नेता छ, छोराछोरी जेन–जी उमेरका छन भने उनीहरू बाबु आमाले गरेका नराम्रा काम पनि सहन सक्दैनन र विद्रोह गर्दछन् । अहिले कै जेन–जी आन्दोलनमा पनि पुर्खाहरूले बनाएको ऐतिहासिक धरोहरहरू उनीहरू कै छोरा छोरी सामेल भै भत्काएका घटनाहरू आइरहेका छन् । यसले कसैका पनि बाबु आमा र समाजको नियन्त्रणमा छोराछोरी हुदैनन भन्ने पुष्टि गर्दछ ।

युवाअवस्थाले देश, व्यक्ति र समाजको सीमा चिन्दैन । उसको चिन्तन विश्वका युवाहरूमा एकाकार हुने र विश्वलाई नै नजिकबाट हेर्ने युवाहरूको दार्शनिक चिन्तन पनि हुन्छ । युवा चिन्तन भनेको एउटा घडी हो । घडीचल्नको लागि या त उर्जाको रूपमा दम दिनुपर्छ । या त कुनै ब्याट्री लगायतका उर्जाको आवश्यक पर्दछ । हरेक युवाहरू चञ्चल हुन्छन् भन्ने बुझ्नुपर्दछ । हरेक युवालाई योग्यता, क्षमता, पहिचान र उनीहरूको उद्देश्यमा आबद्ध गर्ने, पारिवारिक, सामाजिक र राष्ट्रिय चिन्तन सहितको दार्शनिक दृष्टिकोणबाट गोलबन्द गर्न आवश्यक पर्दछ । तब मात्र बहुसङ्ख्यक युवाहरूको चिन्तनलाई समेटी राष्ट्रिय मूलनीतिमा परिचालित गर्ने बाटो खुलाहुन्छ ।

३. युवा उमेर समूहको ऐतिहासिक परिवेश ः समाजका प्रायजसो मानिसहरूको चिन्तन यस्तो हुन्छ कि अरूलाई मात्र चोर औंला ठड्याएर आपूm पानीमाथिको ओभानो बन्ने प्रयत्न गर्दछन् । यदी अरूलाई चोर औंला ठड्याउँदा आपूmतर्पm तीनऔंलाले देखाइरहेको हुन्छ त्यो बुझ्दैनन । समाज परिचालक र राज्य सञ्चालकले बाल र युवाको बारेमा आपूmले भोगेका र युवाअवस्थामा गरेका कार्यहरूको स्मरण गरी योजना नबनाउँनुका कारणबाट विभिन्न अपराध भै समाजमा अशान्ति भैरहन्छ ।

हाम्रो देशमा अहिलेसम्म भएका नेतृत्वहरूको कुरागर्दा २००७ सालको क्रान्तिगर्दा वी.पी. सुवर्ण शमशेर गणेशमानहरू पनि युवा नै थिए । निर्मल लामा दार्जलिङबाट नेपाल आइ १९ वर्षको उमेरमा मुक्तिफौजको नेतृत्व गरि २००७ सालको क्रान्तिमा सहभागी र्भै दैलेखको बडाहाकिम समेत भएका हुन । उनीहरूले युवाअवस्थामा सोचेको कुरा अहिले व्यवहारमा लागू भइरहेका छन् । पुष्पलाल लगायत कम्युनिष्ट पार्टीका नेताहरूले पनि निरन्तर क्रान्तिभन्दै माक्र्सवादी दृष्टिकोणअनुसार युवाअवस्थामा नै समाजवादको सपना देखि कमयुनिष्टपार्टीको स्थापना गरेका हुन । केपीओली लगायतले झापा बिद्रोह गर्दापनि उनीहरू युवा नै थिए । अहिलेका युवा समूहले पनि त्यस्तै सपना देखेका हुन्छन् । त्यस्तै पञ्चायती व्यवस्थाका नेता तथा अन्य नेताहरूको पनि युवावस्थामा त्यस्तै सोच थियो भन्न सकिन्छ । सुवर्ण शमशेर आपूm राज्य सञ्चालनगर्ने राणा परिवारको हुँदाहुँदै पनि भावीसपना कै कारण आफ्नै वंशीय शासनको निरंकुशताको बिरुद्धमा क्रान्तिको लागि कांग्रेसका नेता बनेका हुन् । त्यो पनि उनको युवा उमेर कै कार्य हो । अहिलको समाजमा घरघरमा उमेर समूहको विवाद छ । सरकारी संयन्त्रभित्रका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा भएका बेथितिले गर्दा भित्ताका पनि कान हुन्छन् भन्ने उखानअनुसार गोप्य रूपमा गरेका कुरा बाहिर निस्कन्छन् भन्ने ख्याल नगर्दा हरेक क्षेत्रमा अशान्ति छ ।

४.वर्तमानमा जेन–जी बिद्रोहको मूलजरो ः
वि.सं. २०३६ सालमा नेपालमा भएको विद्यार्थी आन्दोलन पनि त्यस्तै युवाहरूको आन्दोन हो । त्यो आन्दोलन दबाउन षड्यन्त्र भएपनि २०४६ सालमा अर्कै तरिकाबाट विष्फोटन भै नयाँ ठाउँमा देश पुगेको हो । जुन त्यतिबेला पनि त्याग तपस्या वलिदान गर्ने युवाहरू नै थिए । २०४६ सालको जनआन्दोलनको भावनाअनुसार देश फड्को मार्न नसक्दा २०५२ सालबाट जनयुद्ध सुरू भएको इतिहास साक्षी छ । दशवर्षसम्म भीषण जन–युद्धका पृष्टभूमि हेर्दा माओवादीले राखेका ४० सूत्रीय माग दबाउदा प्रतिरोध भयो । तर त्यो प्रतिरोधले युवाहरू झन जुरमुराएरे बिद्रोह मच्चिदै जाँदा जसले प्रतिरोध गरे तिनै व्यक्तिहरू जनयुद्धका मागका साहारामा आफ्नो अस्तित्व जोगाउन बाध्य भएको ऐतिहासिक घटनाहरू हाम्रो सामु छन् ।

हाम्रो देशमा युवा अवस्थामा हुँदा एउटा कुरा गर्ने, उमेर छिप्पिदै गएपछि र सत्तामा पुगेपछि पुराना सत्ताकाले झन ठूलो अपराध गर्ने संस्कारले संस्कृतिको रूप लिई झन पुरानो नेतृत्वभन्दा नयाँ नेतृत्व झन भ्रष्ट देखिने प्रवृत्ति नै आन्दोलनको जड हो । जेन–जी बिद्रोहको मुख्य पृष्ठभूमि पनि २०६२÷०६३ सालको मागहरू जुन बिद्रोहका बेला भएका सम्झौताहरूलाई इमान्दारीताका साथ व्यवहारमा लागू नगर्नाको परिणाम अहिले जेन–जी बिद्रोह जन्मेको हो । नेपालमा पटक–पटक आन्दोलन हुने विद्रोह हुने मुख्य कारण आफ्नो अतितलाई नहेर्ने प्रवृत्ति र इमान्दारीताको अभाव हो । जेन–जी आन्दोलनले उठाएका मुख्य माग प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन र सुशासन भ्रष्टाचारमुक्त समाज प्रमुख माग थियो । ती मागलाई यथोचित सम्बोधन नगर्दा र बहुपक्ष देशी विदेशहिरूको चलखेलले गर्दा यतिको ठूलो घटना घटेको कुरा भुल्नु हुँदैन ।
हरेक आन्दोलनपछाडि क्रान्तिकारी प्रतिक्रान्तिकारीहरूको बीचमा द्वन्द रहन्छ । आन्दोलनमा उत्रनेहरूमा विभिन्न पात्र प्रवृत्ति स्वार्थ र षड्यन्त्रहरू हुन्छन् । तर आन्दोलनपछिको व्यवहारमा लागूगर्ने कुरामा व्यवहार प्रमुख हुन्छ । आन्दोनकारीहरूले जीवन व्यवहारमा सुधार चाहेका हुन्छन् । आर्थिक, सामाजिक, संस्कृतिक परिवर्तनको इच्छा रहेको हुन्छ । हरेक युवाले समान शिक्षा चाहन्छन् । देशमा व्याप्त बेथिति बिसंगति, असमान शिक्षा प्रणाली, शैक्षिक बेरोजगार, विदेश पलायनको कारण देशभित्र आफ्नो भविष्य अन्धकार देखि हालको जेन–जी आन्दोलन भएको हो ।

नेपालमा भीषण जनयुद्धपछिको हाम्रो सामाजिक अवस्था त्यस्तै छ । जसरी २००७ सालको क्रान्ति २०१७ सालमा पुग्दा प्रतिक्रान्तिमा परिणत भयो । । त्यसै गरी वर्तमान जेन–जी आन्दोलनको मूलजरो त्यही हो । हाम्रो समाज पनि क्रान्ति र प्रतिक्रान्तिको दोबाटोमा रुमलिएको छ । यसमा निम्न कारणहरू छन् ।

– नेपालको राजनीतिक नेतृत्व र संविधानलाई आ–आफ्नो दृष्टिकोणअनुसार व्याख्या गरी मूल कानून को कार्यदिशा अस्तव्यस्त हुने गरी चौबाटोमा उभिनु ।
– आम कार्यकर्तामा (नेताका पछि लागेपछि) सबै मुक्ति र सम्पन्न हुन्छ भन्ने धारणा विकसित हुँदै जानु ।
– आम राजनीति क्षेत्र अवसरवादभित्र रूमलिएको विजयपछिको सन्नाटा जस्तो हुनु ।
– आम नागरिकहरू यथास्थितिवादीको घेराबन्दीमा हुनु र समाज समयानुकूल परिवर्तन नहुनु ।
– हाम्रा प्रतिनिधिले संविधान निर्माण गरेका हुन् भन्ने भाव नहुनु, पुरानो संविधान कानूनको छाप नारिकहरूमा रहिरहनु , पुरानो बानी ब्यहोरा बदल्न गाह्रो हुनु र विलासीपन बढ्नु ।
– सबै राजनीतिक दल र शक्तिभित्र नीतिको खोजी नगरी पैसा पद प्राप्तिको खोजी भइरहनु ।
– विदेशीहरूको सोचाइमा परिवर्तन नहुनु र विभिन्न संघसंस्थाको वाहनामा विदेशीहरूको क्रीडास्थल बनाइराख्नु ।
– पुराना सत्ताबाट हटेकाले सङ्गठित रूपमा प्रतिक्रान्तिकारी काम गर्नु ।
– समाज परिवर्तनका अभियन्ता, राजनीति कार्यकर्ताहरू दलीय आवरणभन्दा माथि उठेर दर्शन र सिद्धान्त्को बारेमा छलफल नगर्नु ।
– राजनीति वादविवाद बहसमा भाग लिने र विपक्षीहरूका असल पक्षलाई स्वीकार्न नसक्नु ।
– मानिसहरूमा एउटै दर्शन सिद्धान्तलाई आ–आफ्नो स्वार्थगत तरिकाले व्याख्या गर्ने प्रवृत्ति हुनु ।
– जुन वर्गले राजनीति बुझ्नुपर्ने र सङ्गठित हुनुपर्ने हो त्यो वर्ग विभिन्न भ्रमहरूबाट दिक्क भई विभिन्न सम्बन्धले स्वतन्त्र हुन नसक्नु ।
– नयाँ समयानुकूल संस्कृतिका लागि राजनीतिक दलहरूमा कुनै नयाँ सांस्कृतिक परिवर्तनका एजेन्डा नहुनु । समाजमा हिजो जे थियो आज त्यही छ, भोलि त्यही हुने छ भन्ने भावना हुनु ।
– हिजो संविधान निर्माणमा असहमति भएका र शान्ति सम्झौताको विरोधी दुवैपक्षले वर्तमान राजनीतिक प्रणालीको अन्त्य गर्न चाहनु ।
– राजनीतिक क्षेत्रमा निराश हुनु । सामाजिक क्षेत्र स्वार्थी र स्वेच्छाचारी हुनु । प्रशासनिक क्षेत्रले आफ्नो व्यक्तिगत फाइदा हेरी योजना बनाउनु ।
– अहिले पनि सबैले समानताको कुरा गरेका छन् । तर ध्यान दिएर हेर्दा आर्थिक, सामाजिक, सांस्कृतिक, समानताका विचारका नाउँबाट खोलिएका पार्टी सङ्गठनहरू आ–आफ्नो ताउला बसाली “वीरबलले खिचडी पकाए जस्तै” कार्यनीति रणनीति कार्यक्रमविना एकले अर्कोलाई तथानाम गाली गर्दै परस्पर नाङ्गेझार पार्न सक्रिय छन् तर आफ्ना गल्ती खोज्न कोही तयार छैनन् ।

५.भाविदिनमा राज्यले लागूगर्नुपर्ने आमूल पवरिवर्तका विषहरू : वर्तमान जेन–जी आन्दोलन देशमा रहेको राजनीतिक नेतृत्व र राज्यन्त्रको अदुरदर्शिता, अराजकता, अस्तव्स्तता, वर्तमान चलिआएको शिक्षानीतिको कारण आफ्नो देशप्रति मोह भङ्ग भै स्पष्ट दुइसूत्रीय माग राखी विदेश गै बस्ने नेपाली र नेपालमा बसी आफ्नो भविष्य अन्धाकार देख्ने नेपाली युवाहरूको नेटवर्किङबाट नेपाली मार्पmत नै चलाएको आन्दोलन हो भन्ने विषयमा दुइमत छैन । यो संकट पारगर्न आम युवालाई राज्यको मेरुदण्ड बनाउँदै राष्ट्रिय एकता बलियो बनाउनु पर्दछ ।

यस्तो अवस्थामा राष्ट्रिय समहती गर्दै आगामी वि.सं. २०८२ फागुन २१ गते हुने निर्वाचनमा राज्यसंयन्त्र आम राजनीतिक शक्ति संकटमा छ । वर्तमान संविधानलाई संशोधन गर्ने र शासकीय स्वरुपमा प्रत्यक्ष कार्यकारी प्रमुख र भ्रष्टचार, सुशासनको लागि भावी योजना सहित सबै राजनीतिक दलहरू साझा मुद्धामा केन्द्रित रही निर्वाचनमा जानुपर्ने हुन्छ । निर्वाचनपछि शासकीय स्वरुप परिवर्तन गर्दै वर्तमान संविधानको धारा ३३ र ३४ अनुसार श्रम अनुसारको ज्यालाको सुनिश्चित गरेको छ । अर्को धारा ४८ मा राष्ट्र र नागरिकको दायित्व तोक्दै राष्ट्रलाई आवश्यक पर्दा अनिवार्य सहयोग गर्नु नागरिकको कर्तव्य हो भनि संविधानमा नै लेखिएको हँुदा राष्ट्रको सम्पूर्ण बजेट तथा योजनाहारू युवा परिचालन गरी राष्ट्रनिर्माणमा परिचालन गर्नुपर्ने आवश्यकता छ ।

भूगोलको हिसाबले गाउँ, पहाडपर्वतहरूले भरिएको नेपालमा डाँडाको टाकुराहरूमा रहेका पठारहरू जुन हिजोको परम्पराअनुसारका पशुपालन जडीबुटी र कृषि उत्पादनका स्रोतहरूको वर्गीकरण गरी स्थानीय तहको सक्रियतामा जनशक्ति प्रयोग गरी सबै युवालाई समेटी योग्यताअनुसारको काम काम अनुसारको दामको सुनिश्चितता गरी रोजगारी र मानवीय विकासलाई केन्द्र विन्दुमा राखीे संरचनाहरू निर्माण गर्नपर्ने हुन्छ ।

१. पहिलो चरण वर्तमान नेपाली राष्ट्रिय गानलाई केन्द्रमा राखी आफ्नो क्षेत्रको भू–भागलाई सबै जनाताको साझा फूलबारीको अवधारणाको विकास गर्ने र नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्तअनुसारका धाराहरू तदारुकताका साथ लागू गर्ने ।
२. हाल कायम रहेका स्थानीय निकायले समावेशी सिद्धान्तको आधारमा युवावर्गलाई केन्द्रमा राखी स्थानीय बुद्धिजीवी, सामाजिक व्यक्तित्वहरूको बीचमा स्थानीय स्रोत पहिचान र परिचालनका लागि स्थानीय स्रोत पहिचान परिचालन समिति निर्माण गर्ने । यसमा स्थानीय जनप्रतिनिधिको नेतृत्वमा आफ्नो क्षेत्रभित्रका विशेषज्ञहरूसमेत समावेश गरी अनुसन्धान गर्ने ।
३.समान तहको एकद्धार प्रणालीको शिक्षाको अवधारणालाई रोजगारी सुनिश्चित, ऐतिहासिक अवस्थाको अनुसन्धान, मानवजीवनको सार सामाजिक विकासको महत्वको विषयहरू समावेश गर्ने गरी शैक्षिक संस्थाहरूलाई सामूहिक शिक्षालयमा रूपान्तरण गर्ने र शिक्षाशालाका रूपमा विकास गरी विद्यार्थीहरूलाई खेल्दै, सिक्दै, कमाउँदैको अवधारणामा शिक्षा पद्धतिको विकास गर्ने ।
४.नयाँखाले भू–उपयोग नीति लागूगरी स्थानीयतहभित्र रहेको जमिनको एकीकृत रूपबाट वर्गीकृत गरी स्थानीय कृषिशाला सहकारी सङ्घहरूको परिचालन र व्यवस्थापन गर्ने ।
५.स्थानीयतहका सबै जनतामा समेत लागुहुने गरी दैनिक कार्यतालिका निर्माण गरी जसरी गाडीका पाटपुर्जा नियमित सफा राख्दा दिगो र सबल रूपले गाडी चल्छ, त्यसै गरी शरीरभित्रका पाटपुर्जा कोषहरूको समीक्षा गरी स्वच्छ, सवल मानवीय जीवनको परिचालन गरी सबै मानवको औसत आयु सय वर्ष पु¥याउने लक्ष्य राख्ने । मानिसलाई ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको व्यवस्थापन गरी त्यसको शारीरिक मानसिक असरहरूको बारेमा केन्द्रित रही छलफल गरी गाउँको बसाइ मनोरञ्जनपूर्ण आनन्दमय बनाउने । भ्रष्टचार बेथितिको रोक्नको लागि गाउँ, टोलबाट नै युवा परिचालन गरी अभियान सुरू गर्ने ।

६.स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले केन्द्रसँग तालमेल मिलाउँदै निष्पक्ष अनुगमन र मूल्याङ्कन गरी स्थानीय निकायहरूमा दण्ड र पुरस्कारको व्यवस्थापन गरी लागू गर्ने । गाउँ छोडी सहर पस्ने विदेश बस्नेहरूको समेत आम्दानी खर्चको स्रोत वर्गीकरण गरी स्थानीय निकायहरूमा उनीहरूको योगदान पुग्न सकोस् । जसरी फूलको मग्न बास्नाले आकर्षण गर्दछ । त्यस्तै विदेश र सहरी दिग्दारी जीवन बिताउनुभन्दा आनन्दमयी जीवनमा गाउँ फर्कने वातावरण बनोस, फूलको रसबाट मौरीले मह सङ्कलन गरे जस्तै हजारौँका श्रम पसिनाबाट स्थानीय तहले सबै जनताको सम्पन्नताको लागि श्रम, सीप र संघर्ष गर्न सकुन् भन्दै यो निजी विचार प्रस्तुत गरेको हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *