अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशन

Share this post :

Facebook
Twitter
WhatsApp

यहाँको फेदीखोला गाउँपालिकाले अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । शिक्षालाई गुणस्तरीय तथा टेक्नोलोजीसापेक्ष बनाउन विभिन्न प्रविधि तथा सफ्टवयरको प्रयोग गर्दै आएको गाउँपालिकाले गत बर्षको अभ्यासलाई निरन्तरता दिएको हो ।
विद्यार्थीले सिम्बोल नम्बर र जन्ममिति इन्ट्री गरेपछि आफ्नो लब्धांकपत्र हेर्न सकिने व्यवस्था सफ्टवयरमा छ । नतिजा हेर्न विद्यालयमै पुग्न पर्ने बाध्यता वा समस्यालाई सफ्टवयरले समाधान गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । शैक्षिक बर्ष २०७६÷७७ मा कोभिडको संक्रमणबीच अनलाईन सफ्टवयर विकास गरी नतिजा प्रकाशन गरेको पालिकाले यसबर्ष सफ्टवयरमा थप परिमार्जन गरेको जनाएको छ । पालिकाको आधिकारिक वेभसाइट www.phedikholamun.gov.np वा www.phedikholamun.gov.np/ble_result लिंक क्लिक गरेर नतिजा हेर्न सकिन्छ । गत चैतमा पालिकाले लिएको कक्षा ८ को परिक्षामा ११ वटा विद्यालयको २ सय ३० विद्यार्थीको सहभागिता थियो । जसमा छात्रको संख्या १ सय २७ र छात्राको संख्या १ सय ४ रहेको छ ।


कोरोना महामारीको दोस्रो लहरको फैलावट बढ्दै जाँदा अनलाइनबाट नतिजा प्रकाशन प्रणाली थप सान्दर्भिक बनेको गापा अध्यक्ष सुवेदीले बताए । महामारीसंगै वैकल्पिक तथा अनलाइन रुपमा पठनपाठन गरिएको र अन्य कक्षाको नतिजा पनि विद्यालयलाई अनलाईन गराउन लागिएको अध्यक्ष सुवेदीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *