अब स्याङ्जाका सबै प्रहरीको डिम्याट खाता

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङजाका एसपी होविद्र वोगटीले आफु अन्तर्गतका सबै प्रहरीहरुलाई डिम्यान्ट खाता खोल्न आग्रह गरेका छन् । अतिरिक्त आम्दानी गर्न आफु माताहातका प्रहरीहरुलाई अनुरोध गर्दै सबैलाई प्राथमिक शेयर भर्नका लागि डिम्याट खाता खोल्न सुझाव दिएका हुन ।

एसपि वोगटी भन्छन, आइपिओ भर्नाले व्यक्तिगत जीवनलाई सजिलो बनाउने छ र प्रहरीहरु अझ वढी सक्रियताका साथ आफ्नो कर्ममा खटिनेछन । उनी भन्छन जुनियर पुलिस को तलब ज्यादै कम छ तर उनीहरु सबै भन्दा धेरै काममा खटिनु पर्छ । त्यसैले जुनियर जवानहरुले अतिरिक्त आम्दानी गर्नका कुनै पनि वैकल्पिक तरिका अपनाएकै हुन्छन । यसै कार्यलाइृ निरुत्साहित गर्न डिम्याट खाता खोल्न र आइपिओ भर्न आग्रह गरिएको हो ।

डिउटी नभएको बेलामा उनीहरुले सोशल मिडिया समय वर्वाद गरिएका छन । केही उत्पादक हुन को लागी यो अभियान संचालन गर्न लागिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *