जिल्ला प्रहरीले चापाकोट नगरपालिका–५ हिलामराङस्थित खोल्सामा अवैध रुपमा चिरान गरी राखेको सालको काठ बरामद गरेको छ । सालको चिरान काठ ४१ थान फेला पारेको प्रहरीले जनाएको छ । बरामद काठलाई रितपुर्वक वरामदी मुचुल्का गरी आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय दामाचौरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Post Views: 30