आगोको मुस्लोमा ७२ बर्षिया बृद्धाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

आगोको मुस्लोमा परी यहाँको आँधीखोला गाउँपालिका–१ अर्घौदीकी ७२ बर्षिया टिकाकुमारी तिवारीको मृत्यु भएको छ । गाउँमै ब्रतबन्ध मनाएर घर फर्किने क्रममा वनमा लागेको आगोको मुस्लोमा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जनाए । उनका अनुसार आइतबार बेलुका ५ बजेको समयमा रातो पहिरो पाखामा लागेको आगो अनियन्त्रित भई फैलिएको थियो । बृद्धाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *