एकै दिन थपिए १६ सय ६७ जना कोरोना संक्रमित

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५५ पीसीआर परीक्षणबाट मंगलबार १६ सय ६७ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १७ सय ३६ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

२४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको छ । सक्रिय संक्रमित ८ हजार ६ सय ५९ छन् भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *