वालिङका नागरिकले घरमै बसेर एप्समार्फत महशुल बुझाउन पाउने भएका छन् । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसंगै आईतबारबाट विद्युत तथा खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने भएको वालिङ नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले जनाए ।
नगरपालिकाले बुटवल पावर कम्पनी, वालिङ साना शहरी खानेपानीको भुक्तानी नगरपालिकाको स्मार्ट मोबाईल एप्स, खल्ती र कनेक्टिङ आईपिएस एप्सको प्रयोगमार्फत घरमै बसेर भुक्तानी गर्न सकिने भएको अर्यालले बताए । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको यस नपाले विभिन्न एप्सहरुको प्रयोगमार्फत कार्यालय धाउनै नपर्ने गरी नपाको राजश्व तथा विद्युत र खानेपानी कार्यालयको महशुल भुक्तानी गर्न पाउने भएको नगरप्रमुख दिलीपप्रताप खा“णले बताए ।
‘घरमै बसेर पनि नगरपालिकाको एप्स तथा अन्य एप्सहरुको प्रयोगमार्फत भुक्तानी गर्न अव कार्यालयसम्म जानुपर्ने छैन’ खा“णले भने, ‘कार्यालयसम्म जान नपर्ने भएपछि समयको वचत हुन्छ । विशेषगरी अहिलेको कोभिड १९ को महामारीका समयमा भीडभाड पनि कम हुने ।’ नपाले भुक्तानीका लागि विभिन्न आधिकारिक कम्पनीहरुसंग सम्झौता गरेर अगाडि बढिसकेको प्रमुख खा“णले बताए ।
