एमालेको गण्डकीमा समानान्तर कमिटी गठन

Share this post :

Facebook
Twitter
WhatsApp

झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशमा नेकपा एमालेको समानान्तर कमिटी गठन गरेको छ । कमिटीको संयोजक सुरेन्द्र पाण्डे रहेका छन् । विहिबार पोखराको लेकसाइडस्थित भएको कार्यक्रममा पाण्डेको नेतृत्वमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरि घोषण गरिएको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कमिटीको घोषण गरेका हुन् । नेपालको प्रमुख आतिथ्यता र सुरेन्द्र पाण्डेको अध्यक्षतामा बसेको प्रदेश भेलामा प्रदेशका ९ वटै जिल्लाको समानान्तर कमिटी घोषण गरिएको छ ।

कास्कीमा धनराज अचार्यलाई अध्यक्ष र सचिवमा होमबहादुर नेपालीलाई घोषण गरिएको छ । यसैगरी, स्याङजाको अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भुपराज अधिकारी रहेका छन् । म्याग्दीमा अध्यक्ष बालकृष्ण सुवेदी, बाग्लुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कु“वर अध्यक्ष र पदमपाणी शर्मा सचिव, तनहु“मा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव रहेका छन् भने गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव रहेका छन् । नवलपुर र लमजुङ अध्यक्ष र सचिवले नाम सार्वजानिक गर्न मानेनन् । उनीहरुले छुट्टै घोषण कार्यक्रम आयोजना गरेर नाम सार्वजानिक गर्ने बताएका छन् । हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा भने कमिटी गठन गर्न बा“की रहेको भेलाले जनाएको छ । चैत २९ अघि नै सवै जिल्लामा समानान्तर कमिटी घोषणको कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा एघारवटै जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो भने, सवै जिल्लाका सचिवालय सदस्य पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *