औषधी खरिदको लागि ५५ लाख दिइने

Share this post :

Facebook
Twitter
WhatsApp

औषधी खरिदको लागि गण्डकी प्रदेश सरकारले प्रदेशका ११ जिल्लालाई ५५ लाख रुपैया दिने भएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत समालेका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कोभिड १९ संक्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचार सम्बन्धी बसेको वैठकमा प्रदेशका एघार वटै जिल्ला स्वास्थ्य कार्यालयलाई ५÷५ लाखको दरले उपलब्ध गराउने निर्णय गरेको हो ।
यसैगरी, अक्सिजन फिलिङ र ढुवानीका लागि एघारवटै जिल्ला अस्पताललाई ५÷५ लाख रुपैया दिइने निर्णय भएको छ । कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन प्रत्येक जिल्ला अस्पतालाई ५÷५ लाख रुपैयाको दरले ५५ लाख रुपैया दिने निर्णय पनि सो वैठकले गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । उनका अनुसार सवै जिल्लाका डिसिसिएमसिलाई कोभिड व्यवस्थापनको लागि पनि २÷२ लाख रुपैया दिने निर्णय भएको छ । यससंगै प्रदेश सरकारले गाउँ गाउँमा एन्टिजेन परीक्षणको दायरा बढाउने भएको छ । समयमा कोभिड परीक्षणका लागि कर्मचारीलाई प्रेरित गर्ने, मनोवल उच्च बनाउने र टिम बनाएर गाउँ गाउँ खटाउने योजना सरकारले तय गरेको छ । भर्चुअल वैठकमा सवै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला अस्पतालका मेसुर, जिल्ला आयुर्वेद अस्पतालका प्रमुख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *