कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २० बर्षपछी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० बर्षपछि पक्राउ गरेको छ । २०५८ पुष १७ गते राती अर्जुनचौपारी गाउँपालिका–२ का झलकबहादुर रोकाहालाई कर्तव्य गरी मारेको आरोप लागेका र वारदात पश्चात फरार भई भारतमा लुकीछिपी बस्दै आएका सोही ठाउँका ५२ बर्षिय पोतबहादुर रोकाहालाई विषेश सूचनाको आधारमा असोज ३० मा पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई जिल्ला अदालतमा हाजिर गराई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *