कांग्रेसको वडा निर्वाचन– स्याङ्जामा देउवा लाइन बलियो

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसको वडाको निर्वाचन स्याङ्जामा सौहार्दपूर्ण सुरु भएको छ । केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण तोकिएको समयमै अधिवेशन सुरु नभएको कांग्रेस जिल्ला पार्टीका प्रवक्ता इन्द्र गोदारले जानकारी दिए । उनका अनुसार सवै वडामा ढिलै भएपनि अधिवेशन सुरु भएको छ । राती अर्थात शनिवारसम्म सम्पन्न हुने गरि अधिवेशन सुरु भएको उनले बताए ।
स्याङ्जाको ९७ वडामध्ये ३ वटा वडामा मात्रै निर्वाचन भएको छ । ‘अर्जुनचौपारी गाउँपालिकाको १ नम्बर वडा र पुतलीबजार नगरपालिकाको ११ नम्बर वडाको सवै पदाधिकारीको चुनाव भएको छ’ उनले भने, ‘पुतलीबजार नगरपालिकाको ३ नम्बर वडामा भने सभापतिको मात्र निर्वाचन भएको छ ।’ स्याङ्जामा ११ स्थानीय तहमध्ये ५ नगरपालिका र ६ वटा गाउँपालिका छन् । प्रवक्ता गोदारले ८० प्रतिशत वडामा सर्वसम्मत निर्णय भएको बताए । भीरकोट नगरपालिकाको १ र २, पुतलीबजार नगरपालिकाको ६ नम्बर वडामा निर्विरोध निर्वाचित भएको प्रवक्ता गोदारले जानकारी दिए । वडाको अधिवेशनले कार्य समिति, क्षेत्रीय प्रतिनिधि र समानुपातिक, समावेशी क्षेत्रीय प्रतिनिधि चयन भएको स्याङ्जा कांग्रेसले जनाएको छ । ‘कुनैपनि वडामा विवाद नभई निर्वाचन सुरु ग¥यौ’ उनले थपे, ‘समावेशी तरिकाले सवैलाई मिलाएर लगिएको छ ।’ वडा अधिवेशनले अधिकाशं वडामा नयाँ नेतृत्व चयन गरेको छ ।
स्याङ्जा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको गृहजिल्ला भएकाले पनि वडाको अधिवेशनले करिव ६० प्रतिशत नेतृत्व देउवा लाइनमा देखिएको छ । श्रेष्ठ स्वंम पनि प्रधानमन्त्री शेरबहादुर देउवाका नजिकका विश्वासिला पात्र हुन् । गुटरहित र महिला नेतृत्व सुनिश्चित गर्न कांग्रेस सभापतिको उम्मेदवारी घोषण गरेका श्रेष्ठले जिल्लाका ९७ वडामध्ये एउटा पनि महिला नेतृत्व चयन गराउन सकेनन् । नेता श्रेष्ठले वडाबाट आफ्नै मान्छेलाई प्रतिनिधित्व ल्याउन पनि दवाव दिएको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *