कांग्रेस कार्यालयमा अनसन बसिरहेका रामगोविन्दलाई प्रहरीले लगे

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अनसन बसिरहेका सर्लाही क्षेत्र नम्बर ३ का कांग्रेस कार्यकर्ता रामगोविन्द राय यादवलाई प्रहरीले लगेको छ।
विगत एक सातादेखि अनसनरत उनलाई प्रहरीले बुधबार बेलुकी लगेको थियो। उनलाई कहाँ लगिएको भन्नेबारे प्रहरीले त्यहाँ रहेका अन्य कार्यकर्तालाई जानकारीसमेत दिएको थिएन।
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा रामगोविन्द अनसन बसेका थिए।
रामगोविन्द अनसन बसेको र अन्य नेता तथा कार्यकर्ता धर्नामा बसेकोबारे वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बालुवाटारमा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका थिए।
दसैं आइरहेको र चिसो पनि बढ्दै गएका बेला नेता तथा कार्यकर्ता अनसनमा बसे पनि नेतृत्वले उनीहरूले उठाएका माग सुनुवाइ नगरेको आरोप पौडेलको थियो।
पौडेलले ध्यानाकर्षण गराएपछि प्रहरीले बुधबार बेलुकी नै रामगोविन्दलाई पार्टी कार्यालयबाट लगेको थियो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले उनको स्वास्थ्य अवस्था बिग्रिएकोले उपचारका लागि अस्पताल लगिएको बताए। उनको वीर अस्पतालमा उपचार भइरहेको उनले बताएका थिए । ‘उहाँको वीर अस्पतालमा उपचार भइरहेको छ।’
पार्टी विधान र निर्देशिकाविपरीत क्रियाशील सदस्य थप गरिएकोमा आफूहरूले विरोध गरेको सर्लाहीका पूर्वसभापति लक्ष्मण रायले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *