कांग्रेस निर्वाचन– कहि सर्वसम्मत, कतै चुनाव

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसको शनिवार भएको स्थानीय तह अन्तर्गतको निर्वाचन सौदार्यपूर्ण संचालन भएको छ । गण्डकीकै सिंगो महानगर पोखरामा निर्वाचन प्रकृयाबाट अधिवेशन सम्पन्न भएको छ । मतगणनाको काम भने बाँकी नै रहेको कास्की कांग्रेस जिल्ला सचिव सुदिपमोहन भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न भएपनि मतगणना बेलुकासम्म हुन्छ’ उनले भने ।
कास्कीकै रुपा र अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत निर्वाचन सम्पन्न भएको छ । रुपमा विमल न्यौपाने र अन्नपूर्णमा मनपति भण्डारी निर्वाचित भएको सचिव भट्टराईले बताए । उनका अनुसार मादी र माछापुच्छ्रे गाउँपालिकामा भने शनिवार चुनाव हुन सकेन् । ‘सर्वसम्मत गर्ने भनेर दिनभरी छलफल गरियो’ उनले भने, ‘तर, निस्कर्ष निस्कन सकेन् । सर्वसम्मत पनि भएन निर्वाचन पनि भएन । यी दुई गाउँपालिकामै आइतबार मतदान हुने भयो ।’ उनले मतदानबाटै नेतृत्व चयन गर्ने भएकाले शनिवार दिनभरी छलफल गर्दा समेत सहमति नजुटेको बताए । यस्तै, स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये हरिनासमा मतदान सम्पन्न भइसकेको छ ।
स्याङ्जा कांग्रेसका प्रवक्ता इन्द्रबहादुर गोदारले दिउँसो १ बजेदेखी मतदान प्रकृया सुरु भएको बताए । उनका अनुसार हरिनासमा टोपबहादुर भुजेल निर्वाचित भएका छन् । आँधीखोला र कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्नेगरि छलफल भइरहेको गोदारले बताए । ‘छलफल भएको छ तर, सहमति भइसकेको छैन’ उनले भने । कांग्रेस पार्टी कार्यालयका अनुसार विरुवा, फेदीखोला, अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिकामा भने मतदान प्रकृया सुरु भएको छ । सहमतिबाटै नेतृत्व चयन गर्न जिल्ला पार्टी कार्यालयले निरन्तर छलफल चलाएपनि सहमति नजुटेपछि चुनाव नै गर्नुपरेको प्रवक्ता गोदारले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *