
कान्तिपुर दैनिककी कास्की संवाददाता प्रतीक्षा काफ्लेसहित शनिवार दुई पत्रकार सम्मान भएका छन् । कान्तिपुरकर्मी काफ्ले गुरुङ व्यूटी एकेडेमी जर्नालिज्म अवार्डबाट पुरस्कृत भएकी हुन् । संचारिका समूह, गण्डकीले उनलाई पोखरामा अवार्ड प्रदान गरेको हो । २०७१ मा सौन्दर्य व्यवसायी चिनु गुरुङद्धारा स्थापित पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । काफ्ले संचारिका समूहकी स्याङ्जा सचिव हुन् । नेपाल पत्रकार संघ स्याङ्जाकी सचिव रहेकी काफ्ले नेपाल पत्रकार महासंघ स्याङ्जाकी सचिव हुन् । विगत एक दशकदेखी पत्रकारिता क्षेत्रमा कृयाशिल काफ्लेले महिला र बालबालिका साथै राजनीतिक विटमा बढी कलम चलाउछिन् ।

यसैगरी, संचारिका पत्रकारिता पुरस्कारबाट सुष्मा पौडेल पुरस्कृत भएकी छन् । समाजसेवी कमला श्रेष्ठदद्धारा स्थापित पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा दुर्गा अधिकारी र एमबी आस्था मगर सदस्य रहेको समितिले प्रतिभा छनोट गरेको थियो । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले पुरस्कार हस्तान्तरण गरिन् । समूहले दुई–दुई वर्षको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा संचारिका समूह गण्डकीले पत्रकार महासंघ कास्कीमा हालै निर्वाचित अध्यक्ष विमला भण्डारीलाई पनि सम्मान गरेको छ । नेतृत्वमा महिला भन्दै भण्डारीलाई सम्मान गरेको हो ।