
प्रतिपत्र संवाददाता (पोखरा)
बाराको बरियारपुर नगरपालिका–४ पिपराबृता घर भई अस्थाई रुपमा विरगञ्च बस्दै आएका ४५ बर्षिय राजकिशोर पाण्डे अस्थायी रुपमा पोखरा पनि बस्दै आएका थिए । पेशा एउटै । सामान्य चिनजान । आफूले काम गरिरहेको निर्माणधीन घरमा वायरिङ सम्बन्धी काम मिलाइदिन्छु भनेर पर्वत मोदी गाउ“पालिका–८ चित्रे घर भई पोखरा महानगर–२४ बस्दै आएका २७ बर्षिय मनोज विकलाई फोन गरे । कामको आशमा विक माघ २३ सा“झको समय पाण्डेले बोलाएको स्थान पोखरा महानगर–१७ महतगौडा पुगे ।
मोटरसाइकलमा गएका विकलाई पाण्डेले एक्कासी गोली चलाएका थिए । महतगौडाको नौलो घुम्ति नजिक गोली हानेपछि पाण्डे फरार भएका थिए । घाइते विक मोटरसाइकल चलाएर वडा प्रहरी कार्यालय वैदाम पुगे । जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार प्रहरीले आफ्नै गाडीमा गण्डकी मेडिकल कलेज लगेर उपचार गरेको थियो । ‘दाहिने कोखा (पेटको भाग) मा अगाडीपट्टि प्वाल परी पछाडिको भागमा समेत चोट देखिएको थियो’ उनले भने, ‘गोलीले छेडेर गएछ । उपचारपछि अहिले घाइतेको अवस्था सामान्य छ ।’ घाइतेले गोली चलाउने व्यक्ति को हो भनेर चिनाउन नसकेका थिएनन् । प्रहरीका अनुसार हुलियामात्र बताएका थिए । विकले बताएको हुलियाको आधारमा प्रहरीले गोली चलाउने पाण्डेलाई आइतबार पक्राउ गरेको छ । पोखरा महानगर–१ सिमपानीस्थित पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।
पाण्डेले मेटलको काम गर्दै आएका थिए । प्रहरीले उनको साथबाट ३ राउण्ड गोली, एउटा मोवाइल बरामद गरेको जनाएको छ । प्रहरीले आइतबार पाण्डेलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बताएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमाल भन्छन, ‘पीडितले महतगौडा बोलाएर मोटरसाइकलको चावी खोसी पछाडी फर्कि भन्यो र एक्कासी गोली चलाएको बयान दिएका छन् । पीडकले पेस्तोल देखाउदै थिए आफै पड्कियो भन्छन । गोली चलाउनुको कारण के थियो ? घटनाको थप अनुसन्धान भइरहेको छ ।’