प्रतिपत्र संवाददाता (पोखरा)
नेकपा माओवादी केन्द्रका दुईवटा मन्त्रीले राजीनामा दिएसंगै रिक्त रहेको दुईवटा मन्त्रालयको जिम्मा मुख्यमन्त्री र भौतिकमन्त्रीले लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा लिएका छन् । विहिबारदेखी मुख्यमन्त्रीले कृषि मन्त्रालयको जिम्मा आफै समालेका हुन् । यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले लिएका छन् । उनले पनि सोहीदिन कानुन मन्त्रालयको जिम्मेवारी समालेको जनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधीसभा विघटन लगायतका कदमहरुको विरोध गरेपनि सरकारमा बसेको र समर्थन गरिरहेको भन्ने आलोचन खेपिरहेको माओवादी केन्द्र बुधबार गण्डकी सरबारबाट बाहिरीएको हो । माओवादीको तर्फबाट कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए । मन्त्री पदबाट राजीनामा दिएपछि सरकारलाई दिएको समर्थन भने माओवादीले फिर्ता लिएको छैन् । पार्टीको केन्द्रिय निर्णय अनुसार नै राजीनामा दिएका थिए । सरकारका प्रवक्ता बस्नेतले तत्काल मन्त्रीहरु थप गर्ने स्थिति नरहेको बताए । ‘सरकारमा को ल्याउने भन्ने विषयमा सवै दलका प्रतिनिधिसंग छलफल भइरहेको छ’ उनले भने, ‘मन्त्री थप्ने विषयमा हतारिहाल्न जरुरी छैन ।’ माओवादीका मन्त्रीहरु ३८ महिनापछि सरकारबाट बाहिरीएका हुन् ।
मन्त्री थपघट गर्ने एकल अधिकार मुख्यमन्त्रीलाई हुन्छ । सो अनुसार मन्त्रालयको जिम्मेवार मुख्यमन्त्रीले बा“डफा“ड गरेका हुन् । माओवादीको समर्थन भएपनि सत्ता समीकरणका लागि सरकारले राष्ट्रिय जनमोर्चासंग बढी छलफल गरेको छ । अहिलेपनि सरकारलाई जनमोर्चाकै साथ छ । सरकारमा जाने विषयमा कांग्रेसले पनि कुनै निर्णय नगरेको कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए । गण्डकीमा सभामुख सहित माओवादीका १२ जना सांसद छन् । सरकार चलाउन ३१ सांसदको आवश्यक पर्छ । कांग्रेसका १५ सांसद रहेका छन् भने राजमोका ३ र राजपाका २ सांसद रहेका छन् ।
