
प्रतिपत्र संवाददाता (पोखरा)
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गरेको कारबाही आफूले नटेर्ने बताएका छन् । पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले एमाले पार्टी ओलीको नीजि कम्पनी नभएको बताउदै पार्टीको विधि र विधानविपरीत गरिएको कारबाही आफूलाई स्वीकार नहुने बताए ।
उनले आफू वरिष्ठ नेताको पदबाट हटाउदैमा नहटेको र सोही पदमा यर्थावत रहेको जनाएका छन् । एमालेको पदाधिकारी वैठकमा नेपाल समुहकै बहुमत रहेको हुदा“ ओलीलाई समस्या भएको बताउदै उनले भने, ‘१५ सदस्यमध्ये उनका ५ जना मात्रै छन् । स्थायी कमिटीमा हामी १२ उनका १० जना छन् । पोलिटव्युरोमा पनि हामी नै बढी छौ । यो उनलाई सहिय भएन ।’ ओली पार्टीको विधि र विधानमा चल्न नचाहाने, पार्टी बहुमतको निर्णय नटेर्ने, कम्युनिष्ट पार्टी नहाचाने भएकाले गुटको प्राइभेट कम्पनी चलाउन खोजेको आरोप नेपालको थियो ।
ओलीसंग ठोस योजना नभएको बताउदै उनले ओलीले एमाले अध्यक्ष र प्रधानमन्त्री पदकोसमेत दुरुपयोग गरेको उनले बताए । ओली दलाल पु“जीवादको घेरामा रहेको उनको भनाई थियो । ‘सरकारलाई करोडौ राजस्व तिर्ने व्यक्तिको घरमा पार्टी कार्यालय राख्ने भनेर ओली पुगेका छन्’ उनले भने, ‘यसरी गलत प्रबृत्तिलाई च्याप्दा जनतासंग विश्वास गुम्छ ।’ उनले अहिले एमालेभित्र पद र व्यक्तिको लडाई नभई गलत प्रबृत्तिको लडाई रहेको बताए । ओली प्रवृत्तिको निरुत्साहित गर्नुपर्ने उनले बताएका थिए । पार्टी बलियो भए जनता बलियो हुने बताउदै उनले नेताको दास र अन्धभक्त नभई विचारको पक्षमा बहस गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतको फैसलासमेत गलत रहेको बताउदै उनले भने, ‘फैसला मान्नुपर्छ तर, चित्त बुझेको छैन । नेकपा पार्टी ठूलो हुन्छ चुनाव चिन्ह हामीलाई नै हुन्छ र आफू कमजोर हुन्छु भनेर ओलीले खेल खेलेका हुन् । हामी यत्ति निरीह छैनौ ओलीले जे भन्छन् त्यही मान्न ।’
उनले पार्टीको विधि र विधानविपरीत निर्णय नमान्ने बताए । ओली र उनका सवै मान्छे जाली रहेको उनले जनाए । ओलीको गलत कामलाई उनका आसेपासेले मात्र सही हो भन्दै उचाल्ने गरेको नेता नेपालको भनाई थियो । नेता नेपालले ओली सुध्रिन नचाहाने बताउदै पुनः भने, ‘यदी चाहान्छन भने, फागुन २८ मा भएका निर्णय सच्याउन भने हामी पुराना कुरा विर्सिएर नया“ ढंगबाट अगाडी बढ्न तयार छौ । होइन भने हाम्रो संघर्ष जारी रहन्छ ।’ उनले कम्युनिष्ट आन्दोलनलाई जिवन्त राख्न जरुरी रहेको बताए । उनका अनुसार केपीलाई छलफल, बहस, आलोचना, वादविवाद मन पर्दैन । ओलीकै कारण पार्टीमा समस्या उत्पन्न भएको बताउदै उनले पुनः संसद विघटन गर्ने तयारीमा ओली रहेको बताए थिए । ओलीले बहुमतको निर्णय मान्न र प्रधानमन्त्री पद गुमाउनुपर्छ भनेर गुटको एकलौटी काम गरेको उनको भनाई थियो । ‘हामीले पनि नया“ कमिटी बनाएर घोषण गर्छौ’ उनले दोहो¥याए, ‘हामी केपीतिर जानुछैन । कारबाही गरेर आत्तिनुपर्ने केही छैन । अहिले मलाई र भीमलाई कारबाही गरे अव अर्को चरणमा सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई कारबाही गर्नेछन् । तपाईहरु ढुक्क हुनुस । जनताका समस्यासंग गाउ“ गाउ“ पुग्नुस । पुरानो सोच र एजेण्डाले पार्टी बन्दैन । जनताको मन जित्न नया“ एजेण्डा चाहिन्छ । अव स्थानीय, प्रदेश र संघको चुनावमा सवै बामपन्थी एक हुन्छौ र टिकट हामी आफै वितरण गर्छौ । यस विषयमा छलफल भइरहेको छ । ओलीलाई यक्ल्याएरै छाड्छौ ।’ उनले सरकारमा भएकाले ओलीको दम्ब बढी भएको बताउदै सरकारबाट बाहिरीएपछि ओली कमजोर हुने बताए । एमालेका ८ लाख सदस्यमध्ये ओलीका २ लाख मात्रै सदस्य रहेको उनले जनाए । ‘उनको व्यवहारबाट चिन्तित हुने होइन चुनौतिसंग लड्ने हो’ उनले भने, ‘केपीले जेल हाल्छु भन्दैमा को डराउछ ? यो सवै सत्ताको फुईफुई हो ।’ बोल्ने क्रममा नेपालले कास्कीमा धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय समानान्तर कमिटी घोषण गरेका छन् । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् । यसैगरी उनले केही समयभित्रै अर्को भेला गरेर पार्टीको पूर्ण कमिटीको घोषण गर्ने बताएका छन् । उनी एमालेबाट ६ महिनाका लागि निलम्बित भएपछि अर्का नेता सुरेन्द्र पाण्डेसंगै पहिलोपटक पोखरा आएका हुन् ।