कोरोनाविरुद्धको खोप किन्दै वालिङ नगरपालिका

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये स्याङ्जाको वालिङ नगरपालिकाले कोरोना विरुद्धको खोप खरिद प्रकृया अघी बढाएको छ । कोरोना विरुद्धको खोप किन्न लागेको वालिङ नगरपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तह हो । गण्डकीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । स्याङ्जामा पनि सोमबार मात्रै २ सय ३० जना थपिए ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । जिल्लाका एघारवटा स्थानीय तहमध्ये सवैभन्दा बढी कोराना संक्रमित वालिङ नगरपालिकामा रहेका छन् । नगरपालिकाको तथ्यांक अनुसार सोमबार मात्रै नगरभित्र २६ जनामा कोरोना देखिएको छ । नगरभित्र ५ सयजना संक्रमित छन् । अस्पताल भर्ना २१ जना छन् । नगरभित्र संक्रमितको संख्या दिनदिनै थपिदै गएपछि नपाले कोरोना विरुद्धको खोप किन्ने तयारी थालेको हो । वालिङ नपाले कोभिड भ्याक्सिन खरिदको लागि संघ सरकारसंग अनुमति मागेको छ ।
सोमबार बसेको नगर कार्यपालिकाको वैठकले संघीय सरकारसंग कोभिड विरुद्धको भ्याक्सिन माग गर्दै यदी उपलब्ध गराउन नसके अनुमति दिनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो । वालिङ नगरप्रमुख दिलीपप्रताप खा“डले सिंगो पालिका नै कोरोना भाइरसबाट ग्रसित भएको बताए । ‘यो महामारी अव हामीले मात्र थेग्न सक्ने अवस्था छैन’ उनले भने, ‘कि त संघ सरकारले आवश्यकता अनुसार हामीलाई कोरोनाको खोप दिनुपर्यो । यदी दिन सक्दैन भने, अनुमति दिनुपर्यो । हामी आफ्नै खर्चले खोप किन्छौ ।’ नगरबासीले पनि आफै पैसा तिर्ने गरी नगरपालिकालाई खोप ल्याउन माग राखेको उनले बताए । उनले महामारीको बेलामा नगरपालिकाले आफ्ना जनतालाई खोपको अभावमा अकाल्मै मर्न नदिने बताएका छन् । नगरपालिकाले पहिलो पटक दुई चरणमा खोप किन्न लागेको उनले बताए । ‘हामीले २० हजार खोप ल्याउन खोजेका छौ’ नगरप्रमुख खा“डले दोहो¥याए, ‘पहिलो चरणमा १५ हजार र दोस्रो चरणमा ५ हजार खोप ल्याउने योजना छ । खोपको लागि सम्बन्धित ठाउ“ सल्लाह भइसकेको छ । संघीय सरकारले अनुमति दिनेवित्तिकै हामी खोप ल्याउछौ ।’
सस्तो दररेट अर्थात प्रतिखोप ५ डलर पर्ने गरि सल्लाह भएको उनको भनाई छ । नगरपालिकाले खोप खरिदको लागि ४ करोड रुपैया“ छुट्याएको बताएको छ । भारत र चीन दुवैतर्फको खोप ल्याउन पहल भइरहेको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार पहिला जहा“को छिटो आउ“छ त्यहीको खोप ल्याउछौ । कमिशन नदिने गरि उपलब्ध गराउने सहमति भएको नपाले जनाएको छ । १५ हजार खोप जनताले आफै पैसा तिरेर लगाउनुपर्ने छ । नगरप्रमुख खा“डका अनुसार जनताको माग अनुसार खोप खरिद गर्न लागिएको हो । उनले भने, ‘पैसा तिर्न सक्नेको हकमा मात्र हो । गरिब जनताको लागि हामी निशुल्क खोप लगाउछौ ।’ नपाले ५ हजार गरिब जनताको लागि छुट्याएको छ । बा“की १५ हजार खोप जनताले किनेर लगाउने छन् । ‘सुरुमा ल्याउने खोप नपाले पैसा हाल्छ’ उनले भने, ‘२५ प्रतिशत नपा र ७५ प्रतिशत जनताले हाल्नेछन् ।’ वालिङसंंगै पाल्पाको रामपुर नपाले पनि खोप खरिदको प्रकृया अगाडी बढाएको छ । यी दुई नगरपालिकाले संगै खोप प्रकृया अगाडी बढाएको रामपुुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
‘खोप खरिदको लागि अहिले बजेट छुट्याएका छैनौ’ नागिलाले भने, ‘प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने हो । बजेटको जोहो हुन्छ समस्या छैन ।’ उनले विकास बजेट कटाएर भएपनि खोप खरिद गर्ने बताए । नागिलाले मन्त्रालयले मौखिम रुपमा अघि बढ्न आश्वासन दिएको भएपनि कागजी प्रकृया बा“की रहेको बताएका छन् । ‘मन्त्रीज्युले पनि बजेट सहयोग गर्छु भन्नुभएको छ’ उनले भने, ‘खोपको लागि इण्डीयासंग समन्वय भएको छ । सरकारले पहिला ल्याएको खोपको कम्पनीसंग समन्वय गरि सोही दररेटमा ल्याउन भनेका छौ ।’ खोप खरिदको लागि रामपुर नगरपालिका पनि लुम्बिनी प्रदेशकै पहिलो स्थानीय तह हो । सोमबारसम्म देशभर १० वटा स्थानीय तहले मात्र खोप खरिदको लागि अनुमति माग गरेका छन् । जसमध्ये वालिङ, रामपुर र उदयपुरका ८ वटा पालिका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *