गण्डकीको बर्खे अघिवेशन जेठ १६ मा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको बर्खे अघिवेशन जेठ १६ देखी शुरु हुने भएको छ । मंगलबार दिउँसो बसेको गण्डकी प्रदेशको मन्त्री परिषद्को वैठकले जेठ १६ आइतबार दिउँसो १ बजे वैठक राख्ने निर्णय गरेको हो । अधिवेशन आह्रवान गर्नको लागि वैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । उनका अनुसार वैठक सभागृहमा राख्ने निर्णय भएको छ ।
‘कोभिडको महामारी छ’ उनले भने, ‘प्रदेशसभामा नै वैठक राख्ने अवस्था छैन ।’ सामाजिक दुरी कायम गर्दै वैठक राख्ने ठाउँ नभएको उनले बताए । गतबर्षको बर्खे अधिवेशन पनि सभागृहमा नै राखिएको थियो । सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो । यसभन्दा अघि चैत २५ मा सुरु भएको हिउ“दे अधिवेशन जम्मा ३ दिनमात्र चलेको थियो । लामो समयसम्म नचल्ने भनिएको हिउँदे अधिवेशन सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि रातारात अन्त्य गरिएको थियो । यो अधिवेशनले नीति तथा कार्यक्रमसंगै आगामी बर्ष २०७८÷७९ को बजेट समेत पािरत गर्नेछ ।
चालु बर्षको तुलनामा आगामी बर्षको बजेट केही थपघट अर्थमन्त्री किरण गुरुङले बताएका छन् । ‘हामीले यसबर्ष राम्रो बजेट खर्च गर्ने तयारी गरेका थियौ’ उनले भने, ‘कोरोनाले असर गर्यो ।’ अर्थ मन्त्रालयले बजेटको सिलिङ गतबर्षकै हाराहारीमा रहेको बताएको छ । प्रवक्ता बस्नेतले बर्खे अधिवेशनमा सरकारले नयाँ विजनेस पनि दिनेछ । ‘प्रदेशसभा सचिवालयमा दर्ता भएका दुईवटा विधेयक बाँकी नै छन्’ उनले भने, ‘विधेयक पनि पारित हुन्छन ।’ उनले नया“ विधेयक पनि दर्ता हुने तयारीमा रहेको बताएका छन् । यसो त, अहिले गण्डकीमा अल्पमतको सरकार छ । अविश्वासको प्रस्तावमाथी सामना गर्नु अघि नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नै नियुक्त भएका छन् । विपक्षी गठनबन्धनले बहुमत पु¥याउन नसक्दा संसदमा सवैभन्दा ठूलो दलको नेताको हैसियले गुरुङले सपथ लिएका थिए । नियुक्ति भएकै दिन वैशाख २९ मा सपथ लिएका उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
जेठ ५ मा उनले मन्त्रि परिषद् समेत विस्तार गरेका छन् । मन्त्रालयहरु ११ वटा पु¥याइएको छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्छन वा सक्दैनन् । यही सरकारले बजेट ल्याउ“छ की नया“ सरकारले भन्ने विषयमा यतिबेला गण्डकीमा चर्चा चलेको छ । कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ यो सरकारले बजेट नल्याउने ठोकुवा गर्छन् । ‘बजेट असार १ मा ल्याउने हो’ उनले भने, ‘मुख्यमन्त्रीले जेठ २९ भित्रै विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्नुहुन्न ।’ ६० सदस्यीय रहेको गण्डकीमा मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले मुख्यमन्त्रीलाई नै साथ दिएपनि उनले बहुमत पु¥याउन नसक्ने श्रेष्ठको भनाई छ । विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । विश्वासको मत प्राप्त गर्न सके उनकै नेतृत्वमा सरकार रहन्छ । यसैगरी, मन्त्री परिषद्को वैठकले भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको सडक सम्बन्धी विधेयकमा छलफल गर्दै विधेयकको सैदान्तिक स्वीकृति लिने निर्णय गरेको बस्नेतले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *