गण्डकी प्रदेशसभा अन्तर्गत नेकपा एमालेको संसदीय वैठक बसेको छ । वैठक गण्डकी प्रदेशसभा अन्तर्गत आफ्नै भवनमा बसेको हो । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव मतदानको अघिल्लो दिन राखिएको वैठकमा सोमबार हुने संसद वैठकमा एमालेको भुमिका कस्तो रहन्छ ? कसरी प्रस्तुत हुने भन्ने विषयमा अनौपचारिक छलफल गरिएको प्रमृख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार संसदीय गतिविधि र सम्भावित घटनाबारे छलफल भएको छ ।
‘वैठकका कुनै एजेण्डा छैनन’ उनले भने, ‘वैठकमा भुमिका कस्तो रहन्छ भनेर भेटघाट गरेका हौ । हाम्रो सल्लाह भएको छ । हामी अविश्वासको प्रस्तावको मतदानमा सहभागी हुनेछौ ।’ उनले प्रदेशसभा वैठकमा सहभागी हुने र मतदानको प्रकृयामा पनि भाग लिने निर्णय भएको बताए ।
Post Views: 33