गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्री परिषद विस्तार गरेका छन् । गण्डकीका प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनिताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहेका छन् । अर्का मन्त्री राजीव गुरुङ (दीपक मनाङे) काठमाण्डौ भएकाले आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पाँचै जना मन्त्रीलाई बुधबार नै मुख्यमन्त्री गुरुङले नियुक्त गरेका थिए । शपथलगत्तै राखिएको मन्त्री परिषद्को वैठकले नियुक्त भएका मन्त्रीलाई विहिबारदेखी जिम्मेवारी समाल्ने गरी पुरानै मन्त्रालय तोकिएको छ ।

बैशाख २९ मा सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गनुर््ृपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताए । बुधबार ५ मन्त्रीलाई नियुक्त गरिएको भएपनि मुख्यमन्त्री गुरुङले एक महिनाभित्र प्रदेशसभा वैठकमा विश्वासको मत प्राप्त गर्नुपर्ने छ । अविश्वासको प्रस्तावको सामना गर्नुअघि नै वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङको अहिले अल्पमतको सरकार छ । सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ । मन्त्री बन्नको लागि नयाँ अनुहार दौडधुप गरेपनि अहिलको मन्त्रि मण्डलमा नयाँ अनुहारलाई मौका दिइएन ।