गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (पोखरा)

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावको तयारी चल्दै गर्दा गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै संसद् अधिवेशन रातारात अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए . प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *