गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित

Share this post :

Facebook
Twitter
WhatsApp

अर्को सुचना जारी नहुदाँसम्मलाई गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर राजमोकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेशसभा वैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रदेशसभाका सचिव हरिराज पोखरेलले सुचना जारी गर्दै संसद स्थगित भएको जानकारी गराएका हुन् ।
बुधबार दिउ“सो १ बजेर ४० मिनेट जादाँ सुरु भएको प्रदेशसभा वैठकमा सत्तापक्ष र विपक्षी सांसदले अविश्वासको प्रस्तावमाथी छलफल गरेका थिए । सवै दलका नेताको बोल्ने क्रम बाँकी राख्दै सभामुखले आधी घण्टाको लागि संसद स्थगित गरे । दलका नेता बोलिसकेपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले वैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । संसद केही समयको लागि स्थगित हुनुअघि मुख्यमन्त्री संसदबाट बाहिर निस्किसकेका थिए । बोल्नको लागि नाम टिकाएका सत्तापक्ष सांसदले पनि एकाएक नाम काट्दै गए । संसदमा सांसद उपस्थिति नभएको भन्दै खोज्न थालियो । सवै दलका सांसदले आ–आफ्ना दलका सांसद खोज्न थाले ।
संसदमा राजमोका खिमविक्रम शाही, आफूलाई स्वतन्त्र सांसद दावी गर्ने राजीव गुरुङ उर्फ दीपक मनाङे, कोरोना पुष्टि भएका तीन सांसद राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङको उपस्थिति थिएन । बुधबार अविश्वासको प्रस्तावमाथी मतदान गर्ने कार्यक्रम थियो । कोराना पुष्टि भएका सांसद मतदान गर्न आउने तयारी थियो । तर, दीपक मनाङे र खिमविक्रम शाही सम्पर्कविहिन बने । दुवै जनाको मोवाइल अफ राखिएको थियो । जनमोर्चाकी सचेतक थापाले सभामुखसंगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि खोजतलासीको लागि निवेदन दिएकी छन् । शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिएकी थिइन् । राजमोका संसदीय दलका नेता कृष्ण थापाले संसद सुरु हुने बेलासम्म शाहीसंग सम्पर्क भएको बताए । ‘मैले फोन गरेर संसद आउनुस भनेको थिए’ उनले भने, ‘मतदान गर्ने बेलासम्म आउछु भन्नुभएको हो । त्यसपछि सम्पर्क भएन । फोन गर्दा मोवाइल अफ थियो ।’ उनले पार्टीको निर्देशन अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने रहेको बताउदै सोअनुसार मतदान गरिने बताए ।
सत्तारुढ दल एमालेका सांसद कृष्ण थापाले सभामुखले नियतबस संसद अवरुद्ध गरेको आरोप लगाए । उनले आफूहरुसंग कुनै सल्लाह नगरी एक्कासी संसद स्थगित गरेको बताए । संसद स्थगित भएपछि केही समय कार्य व्यवस्था परामर्शको वैठक बसेको थियो । माओवादी सांसद दीपक कोइरालाले खिमविक्रम शाहीलाई योजनाबद्ध सम्पर्कविहिन बनाइएको बताएका छन् । ‘विहान कोरोनाको नतिजा नेगेटिभ आएको छ’ उनले भने, ‘फेरि एकाएक कसरी पोजेटीभ देखियो ?’ उनले यसका संकास्पद रहेको बताए । सजपाका सांसद हरिशरण अर्चायले आन्तरिक सल्लाह अनुसार नै शाहीलाई संसद नल्याइएको आरोप लगाए । ‘मुख्यमन्त्री डिल गर्न बाहिर निस्किरहनुभएको थियो’ उनले भने, ‘एकाएक बोल्ने सांसदको नाम काटियो । मतदान छिटो गरौ छिटो भनेर एमालेले अत्याउन थाले । हामीलाई संका लागिसकेको थियो । शाही संसद नआउनु र एमालेले मतदान गर्न आत्तिनुमा ।’ उनले शाही उपस्थित नभएसम्म संसद स्थगित रहने बताए । मंगलबारको प्रदेशसभा वैठकमा सत्तारुढ दल एमालेले सवै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद स्थगित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *