गण्डकी सरकारबिरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

Share this post :

Facebook
Twitter
WhatsApp
गण्डकी प्रदेशसभाको सोमबार बसेको वैठक । तस्बिर प्रतिपत्र ।

गण्डकी प्रदेशसभाको सोमबार सुरु विशेष अधिवेशनमा गण्डकी सरकारबिरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रस्ताव सभासमक्ष पेश गरेका हुन । नेपाली नया“ मुख्यमन्त्रीमा प्रस्तावित छन । अविश्वासको प्रस्ताव सभा समक्ष पेश गर्दै नेपालीले संविधानको धारा १८८ को २ अनुसार सरकार विवादित भएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको बताए ।
उनले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिन पछाडी हटेको बताउदै संविधानको अवहेलना गरेको बताए । सरकार जनताको भावनाप्रति संवेदनशिल नरहेको उनले बताएका थिए । भन्छन, ‘प्रदेश सरकार असंवैधानिक छ । संविधानको अवहेलना गरेको छ । संविधानको मुल्य र मान्यता विपरीत सरकारमा टाँसिरहनु आपत्तिजनक छ ।’ उनले मुख्यमन्त्री संसद फेस गर्न नसकेर भागेको बताएका थिए । हिउ“दे अधिवेशनलाई तोकिएको मितिमा चल्न नदिई वैशाख १ मा रातारात अधिवेशन अन्त्य गर्नु गलत रहेको उनको भनाई थियो । संवैधानिक र राजनैतिक रुपमा संसदको मूल्य र भावना विपरीत संसदको अन्त्य गर्नु दुखद रहेको उनले बताए ।
विगतका बर्षमा बजेट खर्च गर्न नसकेको सरकारले चालु बर्षमा पनि तोकिएको बजेट खर्च गर्न नसक्ने उनले बताएका छन् । उनका अनुसार सरकारसंग बजेट खर्च गर्ने क्षमता छैन् । कोरोना व्यवस्थापनको विषयमा पनि सरकार पछि परेको उनको तर्क थियो । उनले सरकार असक्षभ भएपछि जनताको भावनालाई कदर गर्दै अविश्वासको प्रस्ताव ल्याइएको बताए । नेपाली कांग्रेस संसदीय दलको नेतासमेत हुन् । उनले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका असंवैधानिक र अलोकतान्त्रिक कदमको मुख्यमन्त्रीले पक्ष लिएको बताए ।
संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथी प्रदेशसभाको विश्वास छैन भनि प्रस्ताव पेश गर्दै नेपालीले अविश्वास प्रस्तावको पक्षमा मतदानको लागि आह्वान गरेका छन् । संसदमा अविश्वासको प्रस्तावमाथी छलफल गरिएको थियो ।

गण्डकी प्रदेशसभाको सोमबार बसेको वैठक । तस्बिर प्रतिपत्र ।

छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसद सहभागी थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका २८ जना सांसदले वैशाख २ मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभामा संलग्न ५ दलमध्ये राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको छ । प्रदेशसभा वैठक सकिए लगत्तै जनमोर्चाका कृष्ण थापाले भने, ‘मुख्यमन्त्रीमा मन पर्ने नेता त पृथ्वीसुव्वा गुरुङ नै हो तर, हामी अविश्वासको प्रस्तावमा भोट दिन्छौ ।’ उनले व्यांग्यात्मक रुपमा भोट बाध्यताले नभई आफ्नो खुशीले मन लागेको व्यक्तिलाई दिन सकिने बताएका थिए । सरकारमा माओवादी केन्द्रका दुई मन्त्री सहभागी थिए । गत चैत २५ मा राजीनामा दिएर बाहिरीएसंगै माओवादीले सरकारलाई दिएको समर्थनसमेत वैशाख २ मा फिर्ता लिएको थियो । राजमोले वैशाख १ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ अल्पमतमा परेका हुन् ।
गण्डकीमा विशेष अधिवेशन यो दोस्रोपटक हो । चैत २५ मा सुरु भएको हिउँदे अधिवेशन ३ दिन चलेपछि अन्त्य गरिएको थियो । वैशाख ६ मा बोलाइएको वैठक रातारात अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपाले विशेष अधिवेशन माग गरेको थियो । सो अनुरुप प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ मा विशेष अधिवेशनको आह्रावान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अहिले कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका २ सांसद छन् । राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षी दलहरुले बताएका छन् । यसले सरकार अल्पमतमा परेको छ । तर सरकार जोगाउन र गिराउन विभिन्न कसरतहरु दलहरुबीच भइरहेका छन् । अविश्वास प्रस्तावको पक्षमा बहुमत भए गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *