गर्भवती महिलालाई गर्भ जाँच गर्ने म्यासेज आएपछि

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतीक्षा काफ्ले (स्याडजा)
“तपाईको गर्भ जा“च गर्ने बेला भयो, स्वास्थ्य चौकीमा जानुहोला” भीरकोट नगरपालिका–३ की दीपा जिटीको मोवाइलमा टिरलिङग म्यासेज बज्यो । उनले के म्यासेज आएछ भनेर मोवाइल हेरिन् । मोवाइलमा भनिएको थियो, ‘तपाईको गर्भ जाँच गर्ने पालो हिजो हो । तपाईले गर्भ जाँच गर्नुभएन । आज जसैपनि स्वास्थ्य चौकीमा उपस्थित हुनुहोला ।’ हालमा मोवाइल लिदै उनी एक्कैछिन टोलाइन् ।


आफ्नै गर्भ जाँच गर्न विर्सिएकी उनी खुशीले गद्गद् भइन् । भन्छिन, ‘गर्भ जाँच गर्नुपर्छ, समय आयो भन्ने लागेको त थियो । तर, गर्भ जाँच गर्ने पालो आइसकेछ । म्यासेज आएपछि पो बल्ल याद भयो ।’ उनी मोवाइलको म्यासेजपछि गर्भ जाँच गर्न स्वास्थ्य संस्था पुगिन् । गर्भ जाँच गर्ने सयम नभएपनि कहिलेकाहीं गर्भ परीक्षण गर्न स्वास्थ्य चौकी पुग्ने गरेको उनले बताइन् । उनीजस्तै छिमेकी दीपा थापा पनि गर्भ जाँच गर्ने समय सम्झिनन् । ‘गर्भ जाँच गर्नुपर्छ थाहा छ’ उनी भन्छिन, ‘काममा नै व्यस्त हुने भएकाले समय आएको पत्तै नहुने । समय आयो भन्ने थाहा पाएर भने लापारबाही गरेकी होइन् । समय विर्सिन्छु ।’ घरपरिवारले गर्भ जाँच गर्ने बेला भयो भनेपनि समय आएको अनुभूति नहुने बताउने उनले मोवाइलमा टिरलिङग म्यासेज आएपछि मात्र जाने गरेको बताइन् ।
उनी मोवाइलमा म्यासेज आएपछि मात्रै ढुक्क भएर गर्भ जाँच गर्न जान्छिन् । सुरु सुरुको दिनमा सरकारी स्वास्थ्य चौकीमा गर्भ जाँच गर्ने कुरामा विश्वास नलाग्ने बताउने उनले आजभोली गाउँमै राम्रो सेवा पाएको भन्दै मख्ख परिन् । भन्छिन, ‘धन्यवाद नगरपालिका । धन्यवाद स्वंमसेविका ।’ यी दुई प्रतिनिधी पात्र हुन् । गर्भ जाँच गर्ने बेला भएपछि नगरभित्रका सवै गर्भवती महिलाको मोवाइलमा यसरी नै म्यासेज जान्छ । नगरको स्वास्थ्य शाखाले नगरभित्र कार्यरत महिला स्वास्थ्य स्वंमसेविकाको मोवाइलमा प्रत्येक गर्भवतीको अवस्थाको बारे म्यासेज पठाउँछ । गर्भवती भएको ४, ६, ८ र ९ महिनामा म्यासेज आउने भीरकोट नगरप्रमुख छायाराम खनालले जनाए । ‘गर्भवतीको प्रसुती हुने अनुमानित मिति आयो भने, नमस्ते पहिलो गर्भ जाँचको लागि स्वास्थ्य संस्थामा जान सम्झाउनु होला, भनेर स्वमसेविकाको मोवाइलमा म्यासेज जान्छ’ खनाल भन्छन, ‘त्यसपछि हामीलाई भेटेकोमा धन्यवाद भनेर अर्को म्यासेज जान्छ ।’ यस्ता प्रकृतिका म्यासेजको आधारमा महिलाको महिनावारी रोकिएदेखी सुत्केरी हुने (प्रसुती हुने चेकजाँच) शिशुको स्वास्थ्य खतराजन्य अवस्थाबारे म्यासेज पुग्ने उनले बताए ।
स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएर गुणस्तरीयता बढाउने अभियानमा लागेको भीरकोटले गर्भवतीलाई लक्षित गरि गतबर्षदेखी मेडिक मोवाइल प्रविधि सुरु गरेको हो । पालिकाभित्र रहेका स्वयंसेविकामार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको नगरप्रमुख खनाल बताउँछन । यस प्रविधिमा एकपटक गर्भवतीको नाम दर्ता भइसकेपछि स्वास्थ्य संस्था नगए तुरुन्त म्यासेज आउँछ । दुईपटक म्यासेज पठाउँदा पनि महिला स्वास्थ्य संस्थामा जाँच गर्न नआए तेस्रो म्यासेज सम्बन्धीत स्वास्थ्य संस्थाको प्रमुखलाई पठाउने व्यवस्था छ । जसले गर्भवती भएर पनि स्वास्थ्य संस्थामा नजाने महिलालाई फलोअप गर्न स्वयंसेविकालाइ पनि सहज हुन्छ । प्रविधिमार्फत गर्भवती महिला नियमित रुपमा स्वास्थ्य जा“चको लागि स्वास्थ्य संस्थामा जाने, आइरनचक्की खाने, चेकजाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेखीय सुधार आएको नगरपालिकाले जनाएको छ ।
स्वंमसेविका ज्योती भण्डारीले सुरुसुरुमा यो अभियान आफैमा नौलो भएपनि आजकल सवैमा बानी परेको बताइन् । नगरपालिकाले बनाएको यो प्रविधिले गाउँका महिलाको स्वास्थ्यमा ठूलो सहयोग पुगेको उनको भनाई छ । एक बर्षमा भीरकोट नगरपालिकामा ६ सय २१ जना महिला गर्भवती भए । नगरपालिकाको स्वास्थ्य शाखाले ५२ जना स्वयमसेविकालाई सिमसहित मोवाइल फोन उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले बताए । स्वंमसेविका सीता थापा भन्छिन, ‘अहिले यसबारे गाउँ सवै महिला पोख्त भइसके । हामीले भन्दा बढी बुझेका छन् ।’ उनले गर्भ जाँच गर्न आउनेको संख्यामा पहिला भन्दा बृद्धि भएको बताइन् । ‘पहिला गर्भ चेक गर्न आउन नखोज्ने’ उनले भनिन, ‘स्वास्थ्य संस्थाप्रति विश्वास लिदैन्थे । आजभोली समय अनुसार मात्र होइन प्रत्येक महिला गर्भ चेक गर्न आउने गर्छन् ।’ यो अभियानले ग्रामीण भेगमा राम्रो सन्देश दिएको उनले बताइन् । स्वंमसेविकाद्धारा प्रत्येक टोलटोलमा आमा समूहमार्फत यो अभियानलाई प्रचारप्रसार गरिएको नगरप्रमुख खनालले बताए । उनका अनुसार हरेक महिना स्वंमसेविकालाई खाजाखर्च १५ सय र मोवाइल खर्च ५ सय रुपैया दिने गरेका छौ ।
गुणस्तरीय स्वास्थ्य र सर्वसुलभ सेवा नगरपालिकाको पहिलो प्राथमिकता हो । यस प्रविधिको माध्यमबाट मातृ तथा शिशु मृत्युदर शुन्य तहमा पु¥याउन सकिने र सुरक्षित मातृत्वको लागि तथ्यांकको व्यवस्थापन र अभिलेखन पनि तथ्यपरक बन्ने उनले बताए । गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको स्याहारसुसार र स्वास्थ्य जाँचलाई मोवाईलको सहायताबाट प्रभावकारी हुने नगरपालिकाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख अर्यालका अनुसार यो अभियान संचालन गर्नुअघि शिशु जन्मिएर मृत्यु हुने समस्या रहेपनि पछिल्लोसमय यस्ता समस्या आएका छैनन् ।
गर्भवती महिलालाई अण्डा
भीरकोट नगरपालिकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलालाई अण्डा वितरण गर्ने गरेको छ । नपाले गत बर्षदेखी यो कार्यक्रम संचालनमा ल्याइएको जनायो । तीन महिना पुगेर चौथो महिना लाग्दा पहिलो गर्भ जांच गर्न आउने महिलालाई पहिलो पटक ३१ वटा अण्डा दिएर पठाउने गरेको नगरप्रमुख खनालले बताए । यसैगरी हरेक महिना गर्भ जांच गराउने र सुत्केरी भएको एक महिनासम्म पनि अण्डा दिने गरेको छ । प्रत्येक महिनामा गर्भ जांच गर्न प्रोत्साहित गर्ने उदेश्यकले यो अभियान चलाइएको हो ।
नगरप्रमुख खनालले गर्भमा भएको शिशु र आमाको पौष्टिक आहारमा ख्याल गर्दै अण्डा दिएको बताए । यो अभियान चलाएपछि बच्चाको तौलमा बृद्धि भएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए । उनका अनुसार यो कार्यक्रम नहुदा साढे किलोसम्मको बच्चा जन्मिन्थ्यो, अहिले ३ किलोभन्दा बढी तौल भएको बच्चा जन्मिन थालेका छन् । तौल पुरा भएर जन्मिएको बच्चाको २ बर्षमा ८० प्रतिशत मस्तिस्क बृद्धि हुने उनको भनाई छ । चालु आवमा नपाले ३ सय महिलालाई अण्डा वितरण गरेको छ । नपाका अनुसार यसबर्ष ४ सय महिलालाई अण्डा वितरण गर्ने कार्यक्रम छ । यसैगरी नगरपालिकाले आमाको माया कार्यक्रम पनि संचालनमा ल्याएको छ । बच्चा जन्मिसकेपछि खोपका विधि र समय तालिकाबारे जानकारी दिन यो कार्यक्रम संचालनमा ल्याएको बताएको छ । साभार कान्तिपुर देनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *