गल्याङ नगरपालिका ७ की आगलागी पिडित परिवारलाई गल्याङ नगरपालिकाको सहयोग,विपन्न परिवारलाई सरह आवास निर्माण गरिदिने नगरप्रमुख अधिकारीको आश्वासन

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (स्याङ्जा)
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर सात दारेगौडाकी एक आगलागी पिडित परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ । घर गोठ जलेर समस्यामा परेका स्थानीय भागरथी पाण्डेको परिवारलाई गल्याङ नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा सहित सहयोग गरेको हो ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आफ्नै कार्यकक्षमा सहयोग सामाग्री हस्तान्तरण गर्दै पिडित परिवारको आवास निर्माणको व्यवस्था गरिदिने बताए । उनले प्राकृतिक घटनाले ठूलो क्षति पु¥याएको अवस्थामा नगरपालिकाको तर्फबाट तत्कालका लागि सहयोग गरिएको भन्दै विपन्न परिवारको बराबर निर्माण सामाग्री उपलब्ध गराई घर निर्माण गरिने बताए । नगरप्रमुख अधिकारीले भने, ‘स्थानीयले जनश्रमदान गरेर नगरपालिकाबाट दुई लाख रुपैयाँ बराबरको निर्माण सामाग्री दिई जसरी घरहरु निर्माण गरिएको छ, त्यसरी नै पाण्डेको परिवारलाई पनि घर बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।’
उनले नगरपालिका विपत्तिमा परेकाहरुका लागि सधैं सेवामा रहेको भन्दै सक्दो सहयोग गर्ने आश्वासन दिए । नगरपालिकाले पाण्डे परिवारका लागि खाना पकाउने खाने सम्पूर्ण भाँडाकुँडा, कृषि औजार, लो बेड, सिरक डस्ना सहितका कपडाहरु र मोवाइल समेत उपलब्ध गराएको छ । पाण्डेको घरमा आगलागी हुँदा सम्पूर्ण सामाग्री सहित घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । नगरप्रमुख अधिकारीले आगलागी पिडित परिवारको निरिक्षण गरेपछि आज राहत सामाग्री उपलब्ध गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *