
पोखराको पृथ्वीचोकस्थित गैरकानुनी रुपमा संचालन गरिएको ल्यावमा शिल गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले शिल लगाएको हो । गत पुष २७ देखी संचालनमा आएको विआइडिएच नामक ल्यावको मुख्य कार्यालय ललितपुरमा रहेको र पोखरामा ब्रान्च कार्यालय रहेको अनुगमन टोलीले बताएको छ ।
उक्त ल्यावमा एक जनाको कोरोना परीक्षण गरेबापत २ हजार शुल्क लिदै आएको गुनासो आएपछि स्वास्थ्यकर्मीको टिमसहित प्रशासनको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमन टोलीका अनुसार सर्वसाधारणसंग स्वाब संकलन गरी परीक्षणको लागि काठमाण्डौ पठाउने र नजिता आएपछि मात्र सार्वजानिक गर्दै आएको रहेछ । गैरकानुनी रुपमा संचालन गरिएको ल्यावका संचालकको नाम जानकारी नरहेको बताउदै क्षेत्रीय स्वास्थ्य प्रयोगशालाकी सपना सुवेदीले ल्यावमा केही स्टाप मात्रै रहेको जानकारी दिइन् ।
‘संचालक कोही कोरोना पोजेटीभ र कोही बाहिर छन भन्ने जवाफ पार्यौ’ उनले भनिन, ‘स्टापबाहेक ल्यावमा कोही छैनन् । कसको ल्याव हो, खुलेको छैन । हामी डिटेलमा बुझ्दै छौ ।’ प्रशासनले ल्याव संचालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्रचार गरेको छ । कार्यालयले ल्याव संचालकसंग छलफल गरेर मात्रै कारबाहीको प्रकृया अगाडी बढाउने जनाएको छ ।