गोरू काटेको अभियोगमा २ जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

गोरु काटेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैशाख १२ गते राती साढे ८ बजेको समयमा पोखरा महानगरपालिका–१८ पिपलडाँलीस्थित गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पोखरा महानगरपालिका–१८ लामागाउँका ८४ बर्षिय विरबहादुर तामाङ र सोही वडाको धारापानीका ५० बर्षिय गंगाबहादु गुरुङलाई पक्राउ गरेको हो । दुवै जनालाई गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियार सहित फेलापारी नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार पशुपंक्षी सम्बन्धी कसूर अन्र्तगत थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *