प्रतिपत्र संवाददाता (पोखरा)
आफ्नै छोराको हत्या गरेको अभियोगमा कास्की प्रहरीले आमालाई पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउ“पालिका–२ नौडा“डा बस्दै आएकी २२ बर्षिया गिता कु“वर सुनारले ४२ दिनको शिशु (छोरा) को हत्या गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । हमालका अनुसार सुनारलाई घटनालगत्तै विहिबार पक्राउ गरिएको हो ।
कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि ५ दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ । ‘मान्छे हेर्दा सोझी, खासै नबोल्ने, विवाह भएको जम्मा ६ महिना भएको रहेछ’ डीएसपी हमालले भने, ‘श्रीमानसंग सम्बन्ध विग्रिन्छ भनेर छोराको हत्या गरेको रहिछन् ।’ महिलाले अर्कैसंगको बच्चा जन्माएकाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनका श्रीमान लेभलको काम गर्छन् । प्रहरीका अनुसार घरमा श्रीमान नभएको मौका पारी सुनारले छोराको हत्या गरेकी थिइन् ।
