निर्णायक भुमिकामा रहेको जनमोर्चाका सांसद वेपत्ता भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार जोगिने संकेत देखिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही संसद उपस्थित नभएपछि यतिबेला संसदमा हल्लाखल्ला भएको छ । राजमो सरकार र विपक्षी दुवैको निर्णायक बनेको छ । उनको अहिले मोवाईल अफ छ । विरामी भएका कारण उनी अस्पताल अहिले रहेको स्रोतले जनाएको छ । सांसदहरू अहिले आ(आफ्ना सांसद खोज्नमा व्यस्त भएका छन् । शाही आएनन भने अविश्वासको प्रस्ताव फेल हुने यही सरकार जोगिने हुन्छ । अविश्वासको प्रस्तावमाथी ३१ मत आवश्यक पर्छ ।
१ बजे प्रदेशसभा वैठक सुरू भएपछि सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथी छलफल गरिएको थियो । केही समयलाई अहिले संसद स्थगित गरिएको छ । यसपछि दलका नेता र मुख्यमन्त्री बोल्ने कार्यक्रम रहेको छ । सम्बोधन सकिएलगतै अविश्वासको प्रस्तावमाथी मतदान गर्ने कार्यक्रम रहेपनि राजमोका र स्वतन्त्र सांसद राजीव गुरूङ उर्फ दीपक मनाङे उपस्थिति नभएका हुन् । कोरोना पुष्टि भएका तीन जना सांसद पनि उपस्थित भएका छैनन् । उनीहरू मतदान गर्ने बेला आउने कार्यक्रम तय भएको दलका नेताले जनाएका छन् । एमालेमा माधवकुमार नेपाल पक्षका सांसद एक जना मात्र छन् । उनले मत फ्लोर क्रस नगर्ने बताउदै आएका छन् । गण्डकीमा स्वतन्त्रका १ सांसद, एमालेका २७, सभामुखसहित माओवादीका १२, कांग्रेसका १५, जसपाका २ र राजमोका ३ सांसद छन् ।