प्रतिपत्र संवाददाता (स्याङ्जा)
किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा २१ बर्षिय युवा पक्राउ परेका छन् । वालिङ नगरपालिका–६ का गणेश विकले स्थानीय १६ बर्षिया किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । प्रहरीमा दिएको जाहेरी अनुसार पीडकले आइतबार राती परिवारका कोही सदस्य नभएको मौका पारी किशोरीलाई बलात्कार गरेका थिए । प्रहरीले विकलाई मंगलबार पक्राउ गरि करणी सम्बन्धी कसुरमा बुधबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको जनाएको छ ।
Post Views: 30