जुवा खालबाट ठुलो रकमसहित ३३ जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की प्रहरीले अबैध रुपमा जुवा खेल्ने खेलाउने ३३ जनालाई ठुलो रकम सहित पक्राउ गरेका छ । वडा प्रहरी कार्यालय रामबजारले वैशाख ११ मा पोखरा महानगरपालिक–१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेकै अवस्थामा १८ जनालाई पक्राउ गरेको हो । मार्फा थकाली समाज घरबाट नगद ६ लाख २४ हजार ९८६ रुपैया“, ८ बुक तास, ६४ थान कौडा, तिन लाखको १ वटा र १ लाख पचास हजारको १ वटा गरी जम्मा ४ लाख पचास हजारको चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र भारतीय रुपैया ४ हजार ७ सय सहित उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
यसैगरी, नवलपरासी पूर्वको प्रहरी टोलीले वैशाख १० मा कावासोती नगरपालिका–१६ डण्डास्थित एक घरमा जुवातास खेलीरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २६ हजार ६ सय २५ रुपैया“ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । वैशाख ११ मा नै ईलाका प्रहरी कार्यालय आ“बुखैरेनी तनहु“को प्रहरी टोलीले पनि बिशेष सूचनाका आधारमा आ“बुखैरेनी गाउ“पालिका–३ आ“बुखैरेनी बस्ने मनबहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । निजहरुको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ४ सय ४० रुपैया र १३ बुक तास बरामद गरेको छ । प्रहरीले पक्राउ परेका सबैजना उपर जुवा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *