त्रिविले अब सफ्टवेयरबाट थेसिसमा हुने चोरी पत्ता लगाउने

Share this post :

Facebook
Twitter
WhatsApp

त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका विद्यार्थीले गर्ने थेसिस हुने चोरी पत्ता लगाउन सफ्टवेयर प्रयोग गर्ने भएको छ।
त्रिविका रेक्टर शिवलाल लम्सालले अबदेखि विद्यार्थीले गरेका थेसिसलाई ‘डकटिन’ नाम गरेको एन्टिप्लेजरिजम सफ्टवेयरले जाँच गर्ने जानकारी दिए।
‘त्रिविले अबदेखि सफ्टवेयरमार्फत थेसिसमा हुने चोरी पत्ता लगाउने भएको छ। खासगरी पिएचडी र एमफिलका थेसिस कडाइका साथ हेरिन्छ,’ उनले भने, ‘त्रिविका आङ्गिक क्याम्पसहरूले पनि यो सफ्ट्वेयर प्रयोग गर्दै जानेछन्।’
उनका अनुसार कतिपय क्याम्पस र विभागहरूले पहिलेदेखि चोरी जाँच गर्ने सफ्ट्वेयरहरू प्रयोग गर्ने गरेका थिए। तर त्रिविले औपचारिकरूपमा यो लागू गरेको भने पहिलोपटक हो।
यो सफ्ट्वेयर प्रयोगमा ल्याइसकेपछि त्रिविले आउने दिनमा पेश हुने थेसिसमात्र होइन यसअघिका थेसिसहरू पनि हेर्ने रेक्टर लम्सालले बताए।
‘आउँदा दिनमा हुने थेसिसका चोरीमात्र होइन आवश्यक परे यसअघिका थेसिस हेरिनेछ। तिनमा चोरी भएको पत्ता लागे प्रतिलिपि ऐन अनुसार कारबाही हुन्छ,’ उनले भने।
कुनै थेसिसमा चोरी भएको भन्ने उजुरी पर्‍यो भने यसअघिका थेसिसहरू त्रिविले अनुसन्धान गर्ने छ।
प्रतिलिपी अधिकार हनन गर्दा कसुरको मात्रा हेरेर दश हजारदेखि १ लाख सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने प्रतिलिपी अधिकार ऐन २०५१ मा उल्लेख छ। त्यस्तै प्रतिलिपी अधिकार भएका व्यक्तिलाई नोक्सानीको क्षतिपूर्ति भराइदिने ऐनमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *