देउवालाई प्रधानमन्त्री दाबी गरिएको १४९ सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

ओलीजीको बिहान बहुमत नपुग्ने अहिले पुग्ने कसरी हुन्छ ? पौडेल

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका विपक्षी गठबन्धनका नेताहरु पत्र दर्ता गरेर निस्किएका छन् ।
राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षर देखाएर, बहुमत प्रस्तुत गरेर निस्कियौं,ु कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कान्तिपुरलाई भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसदको समर्थन दाबी गरेको भन्ने विषयमा पौडेलले भने, उहाँले हस्ताक्षर बुझाउनु भएको होइन । हामीले सांसदको हस्ताक्षरसहित दाबी गरेका हौं । आज बिहानसम्म बहुमत नपुग्ने देखेर विश्वासको मत नलिई नयाँ सरकार बनाउन मार्गप्रशस्त गरेको हुँ भन्ने ओलीको अहिले कसरी बहुमत पुग्छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पनि पत्र दर्ता गरेर निस्किएको बताए । प्रधानमन्त्रीमा राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को ५ का लागि देउवाको नामसहित दाबी गरेका छौं । समर्थकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई तथा जनमोर्चाकी नेता दुर्गा पौडेल हुनुहुन्छ । १४९ सांसदको हस्ताक्षर बुझाएका छौं र राष्ट्रपतिले बहुमत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं, खाँणले भने ।
राष्ट्रपति कार्यालय पुग्नुअघि विपक्षी गठबन्धनको सिंहदरबारमा संयुक्त बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *