सरकार गठनबारे छलफल गर्दै

नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि छलफलको लागि भेटवार्ता भएको स्रोतले जनाएको छ । दलहरु एक आपसमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गरेकी हुन् । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।
Post Views: 16