गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्रीको सपथ खाँदैछन् । उनले आजै सपथ खाने तयारी गरेको श्रोतले जानकारी दियो । बैशाख २६ गते राजीनामा गरेका गुरुङ अहिले काम चलाउ मुख्यमन्त्री छन् ।
मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् । यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् । आजै मुख्यमन्त्रीको सपथ खाने तयारी गरेका गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।
