बलात्कारकाे अाराेपीत पल शाह (पूर्णविक्रम शाह) प्रहरीले नियन्त्रणमा लिएकाे छ । अाईतबार उनले सामाजिक संजालमार्फत अाफू प्रहरीकाेमा जाने बताएका थिए । नाबालिकालाई पटकपटक बलात्कार गरेकाे अाराेप शाहलाई छ । छायांकनकाे क्रममा तनहुँमा बलात्कार भएकाे भन्दै नाबालिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बुधबार जाहेरी दिएकी थिईन् । शाहले अाफू अस्वस्थ्य भएकाे र पारिवारिक कामले यतिका दिनसम्म प्रहरीकाे उपस्थिति हुन नसकेकाे भन्दै क्षमा मागेका थिए ।
उनकाे भनाइ जस्ताकाे तस्तै
नमस्कार सबैमा,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद 🙏