निशुल्क रेबिज बिरुद्धको खोप अभियान शुरु

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम मंगलबारबाट शुरु भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ शुरु भएको हो ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ । जसको फलस्वरुप आजबाट आगामी असोज १२ गतेसम्म १५ औं विश्व रेबिज दिवस मनाईने भएको हो । सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख दिलीपप्रताप खाँणले रेबिज विरुद्धको अभियानमा सबै एक भएर अगाडि बढ्न आग्रह गरे । उनले घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहनका लागि अनुरोधसमेत गरे ।
रेबिज रोग लागिसकेपछि यसको उपचार तथा बिरामी बच्ने संभावना निक्कै कम हुने भएकाले रोग लाग्नै नदिनका लागि पूर्व सावधानी स्वरुप घरमा पालिएका वा सामुदायिक कुकुर बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाईएको नगरप्रमुख खाँणले बताए । रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेको खण्डमा यसबाट बच्न सकिने भएकाले रोग लाग्ने अवस्था आउन नदिनका लागि नगरपालिकाले निशुल्क खोपको ब्यवस्था गरेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए । एक सातासम्म सञ्चालन हुने भएकाले एकसातासम्म कुकुर बिरालोलाई निशुल्क खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख डा बसन्तकुमार अधिकारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *