नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अधिवेशन शनिवार पोखरामा सुरु भएको छ । सभागृहस्थित अधिवेशन शनिवार र आइतबार दुईदिन हुनेछ । अधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकैसाथ सात प्रदेशसहित भुगोलका तीन गरि कुल १० वटा प्रदेशको भर्चुअल रुपमा उद्घाटन गरेका छन् ।

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रीय सदस्य हितराज पाण्डेले पार्टीको प्रथम अधिवेशनमा प्रदेशका ८ सय ४६ जना प्रतिनिधिहरु सहभागी भएको बताए ।
उनका अनुसार अधिवेशनमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउ“पालिकासहित प्रदेशका ८५ वटै स्थानिय तहबाट ६ सय प्रतिनिधि सहभागि हुनेछन् । त्यस्तै मनोनित ६० जना, आयोजक कमिटीका ९६ जना, ज्येष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेशबाट ४३ जना र प्रदेश सल्लाहकार ४७ जना सहभागि भएको ईञ्चार्जi पाण्डेले बताए ।माओवादीको अधिवेशनमा प्रतिनिधिबाहेक अन्य कार्यकर्ता तथा सर्वसाधारणलाई सहभागि गराइएको थिएन् । अन्य पार्टीले अधिवेशन गर्दा शक्ति प्रदर्शन गर्ने गरेपनि माओवादी केन्द्रले अधिवेशनको उद्घाटन शत्रमापनि कार्यकर्ता तथा शुभेच्छुकलाई सहभागि नगराउने भएको हो ।
‘हाम्रो अधिवेशनमा प्रतिनिधि मात्र सहभागि हुन्छन्, यसपटक हामी कार्यकर्ता तथा शुभेच्छुकलाई सहभागि गराएनौ’ उनले भने ।
प्रदेश कमिटी २२९ सदस्यीय हुने पाण्डेले बताए । उनका अनुसार कमिटीमा ९ पदाधिकारी हुनेछन् । कमिटीमा कम्तिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित, मुश्लिम तथा सिमान्तकृतहरुको प्रतिनिधित्व रहने उनले बताए । माओवादी केन्द्रमा शुरुमा सदस्य मात्र चयन गर्ने र सो समितिका सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।
माओवादीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र सहमति नभएमा मात्र निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी गरेको छ । ‘हामी सकभर सर्वसम्मत नेतृत्व चयनमा लाग्नेछौं, सक्दै सकेनौं भनेमात्र चुनावी प्रक्रियामा जान्छौं’ ईञ्चार्ज पाण्डेले भने ।
यस्तै प्रदेश अध्यक्षकाे लागि कास्कीका दीपक काेईराला, स्याङ्जाका शैलेन्द्र घिमिरे, लमजुङका पारसमणी पाैडेल र म्याग्दीका गाेविन्द पाैडेल चार अाकांक्षी रहेका छन् ।