गण्डकी विश्वविद्यालयले स्थापना भएको १८ महिनापछि पढाई संचालन गरेको छ । आइतबारदेखी महेन्द्रपुल र भण्डारढिकस्थित पढाई सुरु गरेको हो ।
विश्वविद्यालयले नेपालमै पहिलोपटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) सुरु गरेको छ भने, व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बिआईटी) विषयमा पनि पढाइ सुरु गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमिल्सनाले बिफर्मामा पनि पढाई सुरु गरिएको बताए ।
तिमिल्सनाका अनुसार बीएसएममा १६, बिआईटीमा ३१ र बिफर्मामा २० गरी विश्वविद्यालयमा ६७ जना विद्यार्थी भर्ना भएका छन् । ‘यो पहिलो लट हो’ उनले भने, ‘१२ पास भएका विद्यार्थी आउनै बा“की छन् । आधिकारीक रुपमा भर्ना नभएकालाई जोडिएको छैन् । दशै, तिहारपछि विद्यार्थीको संख्यामा बृद्धि हुन्छ ।’ पढाई विहान ७ बजेदेखी पढाई सुरु भएको छ । आइटीका विद्यार्थीलाई महेन्द्रपुलस्थित आइटीकै भवन र खेलकुदका विद्यार्थीलाई भण्डारढिकस्थित पढाई संचालन गरिएको उनले बताए ।

भण्डारढिकमा खेलकुदको लागि आवश्यक सेवासुविधा रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार अध्ययनको लागि गण्डकी प्रदेशका मात्र नभई विभिन्न १६ जिल्लाबाट विद्यार्थी सहभागी भएका छन् । पहिलोदिन क्रिकेट र भलिवलका दुई राष्ट्रिय खेलाडी पनि अध्ययनको लागि उपस्थिति भएका थिए ।
कोर्ष चार बर्षको हुनेछ । आइटीको प्रतिविद्यार्थीलाई कोर्ष पुरा गर्न साढे ४ लाख र खेलकुदको कोर्ष पुरा गर्न प्रतिविद्यार्थी साढे ३ लाख रुपैया“ खर्च लाग्ने रजिष्ट्रार तिमिल्सनाले जानकारी दिए । सुरुसुरुमा विश्वविद्यालयलाई प्रदेश सरकारले लगानी गरेको भएपनि पछिल्लो दिनमा खर्च व्यवस्थापन विश्वविद्यालयले नै गर्न सक्ने क्षमता रहेको उनको भनाई छ । अध्यापनको लागि विविले केही समयको लागि शिक्षक भने करारमा नियुक्त गरिएको जनाएको छ ।
‘दशै तिहारको बीचमा शिक्षकको आवेदन खुलाउछौ’ रजिष्ट्रार तिमिल्सनाले भने, ‘अहिलेलाई करारमा नै काम चलाएका छौ । आइटीका शिक्षक पोखराबाटै हुनुहुन्छ । खेलकुद विषयका शिक्षक काठमाण्डौबाट आउनुभएको छ ।’ उनले पहिलो चरणमा सुरु गरिएको पढाईले थप उत्साह थपेको बताए । ‘पढाई कसरी सुरु गर्ने चिन्ता थियो’ उनले भने, ‘विद्यार्थी आवेदन मागेका छौ तर, पढाई भएको छैन् । भर्ना भएका विद्यार्थीले नया“ विद्यार्थी कुरे पढाई सुरु भएन भने । दशैपछि पढाई सुरु गर्ने योजना भएपनि अघि नै सुरु ग¥यौ ।’ उनले दशै अघि तीन दिनमात्र पढाई संचालन हुने बताए ।
पहिलो व्याचमा सहभागी हुने विद्यार्थीको संख्या राम्रो रहेको उनले बताए ।
खेलकुद, आइटी दुवै विषयका विद्यार्थी बढी उत्साहित देखिएका छन् । कुलपति प्राडा गणेशमान गुरुङले चुनौतिका बावजुद पढाई सुरु गरिएको बताए । विज्ञान विषय लिएर बाह्र कक्षा उर्तीण गरेकी जेरुसा लम्सालले आफ्नै ठाउँमा आइटी विषय लिएर पढ्न पाउँदा खुशी लागेको बताइन् । ‘आजसम्म प्राइभेटमा नै पढे’ उनले भनिन, ‘कहाँ पढ्न जाने भन्ने चिन्ता थियो । पोखरामा नै आइटी पढाई हुन्छ भन्ने भएपछि यही भर्ना भएकी छु ।

बाहिर प्रचार भए अनुसार आइटीलाई आवश्यक व्यवस्थापन सवै रहेको छ ।’ उनले थेउरी भन्दापनि प्राटिकलमा बढी जोड दिएकोमा खुशी व्यक्त गरिन् । विश्वविद्यालयको २० प्रतिशत सैदान्तिक र ८० प्रतिशत प्राटिकल शिक्षा दिने लक्ष्य छ । कुलपति गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने गरि दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्य रहेको बताए । ‘हामीले श्रम बजारमा विक्ने विद्यार्थी उत्पादन गर्ने हो’ उनले भने, ‘गण्डकी प्रदेशको भुगोल सुहाउने शिक्षा दिनेछौ । यहा“को आवश्यकता के हो ? सो अनुसार नै अगाडी बढ्नेछौ ।’
उनले गण्डकी प्रदेश पर्यटकीय, खेलकुद लगायतको हव रहेको बताउदै प्रविधिमैत्री शिक्षा पनि अहिलेको आवश्यकता रहेको बताए । ‘वदलिदो परिवेशभित्र रहेका चुनौतीका विच सम्भवनाको खोजी गर्दै विश्वको नागरिक उत्पादन गर्ने विश्वविद्यालयको उद्धेश्य हो’ कुलपति गुरुङले भने ।
गण्डकी प्रदेश सरकारले आफ्नै स्वामित्वमा रहने गरि विश्वविद्यालयको स्थापना गरेको थियो । नेपालमा नै पहिलोपटक खेलकुद विषयमा पढाई सुरु भएपछि कंचनपुरकी डोली भट्ट पनि अध्ययनको लागि पोखरा आएकी छन् । पहिलो दिन कक्षामा सहभागी भएकी भट्टले पढ्न कहा“ जाने भन्ने चिन्ता भएको बेला गण्डकी विश्वविद्यालयले पढाई संचालन गर्दा खुशी लागेको बताइन् । पेशाले क्रिकेट खेलाडीसमेत रहेकी भट्ट भन्छिन, ‘नेपालमा खेलकुद पढनको लागि व्यवस्था छैन् । कि विदेश नै जानुपर्छ । महंगो पनि उस्तै छ । हामी खेलाडीलाई अन्य विषय पढेर काम नै छैन् ।’ उनले खेलकुद विषयमा पढाई नहुने अन्य विषयमा पढ्न समय नहुने जसले गर्दा कर्यौ खेलाडीले बीचमा नै पढ्न छाड्ने गरेको उनले बताइन् । उनका अनुसार आफ्नै फिल्डमा पढाई हुने भएपछि अव अध्ययन गर्ने खेलाडीको संख्या बढ्नेछ ।
‘म पढाईकै विषयमा सोच्थे’ उनले थपिन्, ‘राष्ट्रिय/अन्तराष्ट्रिय खेलाडी (दाई/दीदी) १२ कक्षा पास गरेका पनि हुनुहुन्न ।’ खेलकुद पढाउनको लागि काठमाण्डौबाट आएका कुमार थापाले नेपालमा खेलकुद पढेका जम्मा १८ जना मात्र रहेको बताए । विदेश गएर पढ्नको लागि प्रति विद्यार्थीलाई ४२ देखी ५० लाखसम्म खर्च हुने थापाले जनाए । पोखरा पर्यटनसंगै खेलकुदको पनि हव रहेकाले खेलकुदतर्फ विद्यार्थी बढी उत्साहित रहेको थापाले बताए । विश्वविद्यालयले चारबर्षे कोर्ष पुरा गरेका विद्यार्थीलाई जागिरको ग्यारेन्टी सरकारले नै लिनुपर्ने जनाएको छ ।
‘हामीले पढाउन सक्छौ जागिरको ग्यारेन्टी गर्न सक्दैनौ’ रजिष्ट्रार तिमिल्सनाले भने, ‘श्रम बजारमा विक्न सक्ने गरी उत्पादन गरेपनि रोजगारी दिन नसके समस्या हुन्छ । नेपालमा पढेका विद्यार्थी कहा जाने ? नेपालमै टिकाउनको लागि सरकारले यसतर्फ सोच्नुपर्छ ।’