पत्रकारीता Vs नैतिकता र इमान्दारिता

Share this post :

Facebook
Twitter
WhatsApp

पत्रकारीता पेशा बाहिर बाट हेर्दा जति सजिलो देखिन्छ यसमा त्यति नै चुनौती र अप्ठ्याराहरुको सामाना गर्नुपर्ने हुन्छ । पत्रकारीतामा नैतिकता र इमान्दारीता एक अर्काका परिपूरक भएता पनि हालको पत्रकारीतालाई हेर्दा यी दुवै विपरीत हुन कि जस्तो भान हुन्छ । हालका दिनहरुको पत्रकारीता पेशालाई नियाल्दा नैतिक र इमान्दारीका हिसावले यसको कहि न कहि कमी भएको महसुस हुनु स्वभावीक नै हो । पत्रकारीतालाई मुख्य पेशा बनाएर जिविकोपार्जन गर्ने मनसायले यो पेशा तर्फ आर्कषिक हुनेहरुको लागि नैतिकता र इमान्दारिता भुल्नुपर्ने हुन्छ ।
वास्तविक पत्रकारीता गर्नेहरुको लागि यी दुवै परिपुरक हुन आउछन् । पत्रकारीता के हो ? र यसले आम जनमानसमा कस्तो सकरात्मक वा नकरात्मक प्रभाव पार्दछ भन्ने कुरा बुझ्नु जरुरी छ । राज्यको चौथो अंगकै रुपमा लिइएको यो पेशालाई इमान्दारीता र नैतिकताका साथ अगाल्न सकिएन भने त्यस्तो पत्रकारीता पत्रकारको नाममा कलंक नै सावित हुन्छ । आम जनमानसलाई यथेस्ट प्रमाणको आधारमा सहि सुचना दिनु पत्रकारीताको मुल मर्म हो । ओझेलमा परेका र पिछडिएका बर्गहरुको उत्थानको लागि आवाज बुलन्द गर्ने मुख्य माध्यम भनेकै पत्रकारीता हो । यदी, नैतिकता र इमान्दारीता साथ सहि सुचना दिन सकिएन भने यसको प्रतिफल नकरात्मक हुन जान्छ ।
समाजमा जगडिएका विकृति, अनियमितता र निम्म वर्गका मानिसहरुको उत्थान र विकासलाई मार्ग दर्शन गर्नु नैतिक रुपमा पत्रकारीताको दायित्व हो । इमान्दारीता पुर्वक सहि सुचना दिन सकिएन र व्यक्तिगत महत्वकांक्ष पूर्तिका लागि गरिने पत्रकारीता दिगो समेत हुदैन । वास्तविक पत्रकारीताको लागि इमान्दारीता र नैतिकता अपरिहार्य विषय वस्तु हुन् । जति सुकै शव्द समायोजन गरी समाचार बनाएता पनि नैतिक र इमान्दारीता पुर्वक काम गर्न सकिएन भने एक दिन भण्डाफोर हुन सक्छ । आर्थिक उपार्जन गर्ने मनसाय र कसै प्रति पुर्वाग्राही भएर सुचना प्रकाशित गर्नु पत्रकारीताको अर्थमा पाप नै हुन जान्छ । यो पेशामा इमान्दारीता पुर्वक काम गर्ने हो भने न यसले आफ्ना नातागोता नै चिन्छ । न त कसैको दवावमा पर्दछ ।
स्वतन्त्र पुर्वक सहि सुचना प्रवाह गर्नु पत्रकारीताको मुल धर्म हो । यो पेशालाई इमान्दारीता पुर्वक अपनाउने हो भने न त यसले आर्थिक उपार्जनमा टेवा पु¥याउदछ न त कसैको नजिक र प्रिय बनाउदछ । यदि, पत्रकारीता नै गर्ने हो भने आर्थिक प्रलोभन र अनैतिक प्रभावलाई त्याग्नै पर्ने हुन्छ । आजका दिनहरुमा कतिपय पत्रकारीता गर्नेहरु यो पेशालाई मागी खाने भाडोको रुपमा प्रयोग गरेको हामी सामु छलङ्ग छ । एका तिर पत्रकारीताका विल्ला भिर्ने अर्को तर्फ अन्य पेशालाई मुख्य पेशा बनाई पत्रकारीताको आडम्बर देखाउने प्रवृतिले आजको समाजले सहि सुचना पाउन सकेको छ जस्तो लाग्दैन । अर्को तर्फ राजनिति आस्था हुनु छुटै कुरा हो ।
त्यसको विपरीत राजनिति दलको झोला बोकेर व्यक्तिगत स्वार्थको लागि मरिहत्य गर्ने पत्रकारीता गर्नेहरुको भीड पनि प्रशस्त मात्रमा देख्न सकिन्छ । हाम्रो समाजमा कुरीती पूर्ण पत्रकारीताका कारण पत्रकारलाई हेर्ने दृष्टिकोण नै फरक भएको पाइन्छ । पत्रकार भन्ने वित्तिकै आम जनमानसको मानस पटलमा फटाहा र झुटारको मार्ग चित्र देखिन्छ । त्यसरी नै इमान्दारीता र नैतिक पुर्वक आफ्नो पेशा अगालेकाहरुलाई समेत यसले दृष्टि भ्रममा पारेको छ । राज्यले पत्रकारीता गर्नेहरुको लागि आचार सहिष्णुता निर्माण गरेको छ तर, त्यसको कहि कत्तैबाट पालना भए जस्तो लाग्दैन । आचार संहिष्णता पालना नगर्नेहरुलाई न त कुनै कारबाही हुन्छ न त सरकारी पक्षबाट नै यस तर्फ ध्यान दिएको पाइन्छ । शव्दमा भन्दा राज्यको चौथो अंगको संज्ञा त दिएको छ तर यसलाई कसरी व्यवस्थीत गर्ने र दिगो बनाउने भन्ने तर्फ हाल सम्म चासो दिएको देखिदैन ।
एउटा व्यक्ति तव मात्र स्वतन्त्र पत्रकार हुन्छ उसलाई यो पेशालाई जिउने आधार अनिवार्य दिनुपर्दछ । पत्रकारीता पेशा नैतिक र इमान्दार पुर्वक बहन गर्ने हो भने, मेरो विचारमा यो पेशा अन्य पेशा भन्दा प्रतिष्ठित र मर्यादित पनि छ । राज्य पक्षबाट नैतिक र इमान्दार पत्रकार निर्माण गर्ने नै हो भने यो पेशामा लागेकाहरुलाई न्युनतम पनि जिविका चलाउन सक्ने किसिमले सेवा र सुविधाहरु उपलब्ध गराउनु पर्ने देखिन्छ । तव मात्र सहि अर्थको पत्रकारीता सम्भव छ । मिडियाका नाममा स्थापना भएका च्याउ उर्मे सरीका संचार माध्यमहरु अधिकाशं मापदण्ड विपरीत र आचार संहिष्णुता पालनाको न्युनतम मापदण्ड पनि पुरा गर्न नसकि कुनै विचमा नै हराएर गएका छन् र भएका पनि केहि न केही स्वार्थबाट छुट्कारा पाउन सकेका छैनन् ।
राज्यले चौथो अंगको रुपमा लिएको पत्रकारीतालाई अझ सशक्त र पार्दशिक बनाउनको लागि ध्यान दिनु आजको प्रमुख आवश्यकता हो । इमान्दार र नैतिकवान पत्रकार उत्पादन गर्नको लागि राज्यले समेत यो पेशालाई जिविकोपार्जन गर्न सक्ने बनाउनु मुख्य आवश्यकता हो भने यो संग सम्बन्धित नेपाल सरकार अन्तर्गतको संचार मन्त्रालय, संचार विभाग, नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ लगायतका संचार क्षेत्रसंग सम्बन्धित अन्य संघ–संस्थाहरुलाई समेत सुद्धिध बनाउन जरुरी देखिन्छ । संचार क्षेत्रसंग आवद्ध संघ संस्थाहरुलाई पुर्नसंरचना गरी प्रणलीगत आधारमा समन्वयात्मक भुमिका सहित पुर्नर्निमाण आजको आवश्यकता हो ।
पत्रकारीताको नाममा भइरहेका विभिन्न गैर पत्रकारीता प्रदर्सित हुने कृयाकलापमा आवद्ध जो सुकैलाई कारबाहीको दायरामा ल्याउनु समेत जरुरी छ । त्यस्तै यो पेशामा आवद्ध व्यक्तिले अन्य पेशा वा व्यवसाय गर्न पुर्ण रुपमा रोक लागउने नियम बनाई कडाईका साथ लागु गर्नुका साथै यो पेशामा आवद्ध हुन चाहनेहरुका लागि निश्चित क्राइट एरियाहरु निर्माण गरी सफल हुन सक्नेहरुलाई मात्र अनुमति दिदा उत्तम हुने देखिन्छ ।
अन्तमाः पत्रकारीता पेशामा आवद्ध हुन चाहनेहरुले नैतिकता र इमान्दारीतालाई पूर्ण रुपमा पालना गर्न सक्छु भन्ने द्धीध अठोट गरेर मात्र यो पेशामा होमीनु उत्तम हुने छ । यदि कसैले पत्रकारीताको नाममा आर्थिक उपार्जन गर्ने र कसैको प्रलोभनमा परी वा कसै प्रति पुर्वाग्राही भएर व्यक्तिगत मनोकांक्षा पुरा गर्ने उदेश्यले मात्र यो पेशामा आउने हो भने त्यो दिगो हुन सक्दैन । बरु यो पेशालाई छाडेर अन्य पेशा तर्फ समयमै लाग्दा राम्रो हुनेछ ।
नैतिकता र इमान्दारीता विनाको पत्रकारीताले व्यक्तिका साथ साथै राज्यलाई समेत दिर्घकालीन असर पु¥याउने हुदा यो पेशालाई मर्यादित बनाउनु नितान्त जरुरी छ । पत्रकारीतामा नैतिकता र इमान्दारीता सहितको समिश्रण हुने हो भने यो पेशा अन्य भन्दा सुन्दर, मर्यादित साथै प्रतिष्ठित समेत छ । त्यसैले आम पत्रकार साथीहरुलाई इमान्दार भई राज्य र नागरीकको लागि सहि सुचना संप्रेषण गर्ने दिर्घ अठोटका साथ नैतिक र इमान्दारी पुर्वक पत्रकारीता गर्न हामी सवैको साझा संकल्पको रुपमा लिनु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *