पर्खालले च्यापिएर पोखरामा युवकको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ । सोमबार पोखराको बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर भारत वेतियाका २० वर्षीय रितेश रामको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका रितेशको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । उनी हाल पोखरा मियापाटन बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *