साथै डाक्टर घरमै गएर पनि बिरामी हेर्ने ।

पोखरामै पहिलोपटक २४ सै घण्टा फिजिसियन डाक्टर र नर्सिङ केयर सहित सुरक्षित एवं सुविधाजनक होटल आइसोलेसन सेवा सन्चालनमा ल्याएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड(१९ बाट संक्रमित भई होम आइसोलेशनमा बस्न असहज भैरहेकाहरुका लागि पोखरामा रहेको गण्डकी हेल्थ केयर सेन्टरले पोखराको पृथ्वी चोकमा रहेको होटल तिरुपतीमा फिजिसियन डाक्टर र नर्सिङ केयर सहितको सुविधाजनक होटल आइसोलेसन सेवा सन्चालनमा ल्याएको हो।
नेपाल सरकारबाट स्वीकृत प्राप्त यस सेन्टरले कोभिडबाट संक्रमित भई आइसोलेसनमा बस्न समस्या भएकाहरुका लागि सस्तोमा सेवा सुविधा दिने उद्देयले यो सेवा सञ्चालनमा ल्याएको गण्डकी हेल्थ केयरको सञ्चालक निराजन बिक्रम राणाले बताए।
यस होटल आइसोलेसनमा टेलिफोन, इन्टरनेट, एटेज वासरुम, २४ घन्टा फिजिसियन डाक्टरको चेकजाँच तथा पराशर्म, आवश्यकता अनुसार सम्पुर्ण किसिमको प्रयोगशाला परिक्षण सेवा, इमर्जेन्सी एम्बुलेन्स सेवा, ओपीडि सेवाको समेत सुविधा दिने होटल तिरुपतीका सञ्चालक प्रल्हाद जंग मरासिनी बताँउछन् ।
यसका अलवा यस सेन्टरले घरमै होम आइशेलेशनमा बसिरहेका कोरोना सन्क्रमित बिरामीहरुको लागि होम नर्सिङ केयर, तथा फिजिसीयन डाक्टरहरु बाट स्वास्थ उपचार तथा परामर्श सेवा साथै बिरामीको घरमै गएर स्वाब लिएर परिक्षण गर्ने ब्यबस्था समेत दिने राणाले बताए।
यसरी होटलमा आइसोलेसन बस्नेका लागि प्याकेजमा एक दिनको ५ हजार शुल्क तोकिएको छ। जसमा बिहानको नास्ता, खाना दिउँसो खाजा बेलुकी खाना २४ सै घण्टा नर्सिङ केयर लौन्ड्री सहित एटेच बाथरुम सहितको बेड सेवा लगायतका सुविधा उपलब्ध गराइन्छ।
यस्बाट होम आइशोलेशनमा बस्नुपर्ने तर ब्यबस्थित र सुरक्षित रुपले होम आइशोलेशन ब्यबस्थापन गर्न नसक्ने कोरोना सन्क्रमितहरु लाभान्वित हुने र अहिले ब्यबस्थित रुपले होम आइशोलेशन ब्यबस्थापन गर्न नसकी सम्पुर्ण परिवार र वरिपरि टोललाई नै सन्क्रमण फैलिएको अवस्थाको न्यूनीकरण भै सरकारको करोना नियन्त्रणको प्रयासलाई सहयोग पुग्ने सन्चालकको दाबी छ ।