
गण्डकी प्रदेश प्रमुखमा सीता पौडेलले पदवहाली गरेकी छन् । बुधबार विहान ११ बजे उनको पदवहाली भएको हो । सोमबार गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएकी पौडेल मंगलबार पोखरा आएकी थिइन् । प्रदेश प्रमुखको कार्यालयमा ११ बजे नियमित कार्यक्रमको रजिष्टरमा हस्ताक्षर गर्दै उनको पद वहाली भएको हो । सोमबार पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिइसकेकी छन् ।
पद वहालीको क्रममा बोल्दै पौडेलले आफू गण्डकी प्रदेशका जनताको अभिभावक भएकाले कुशल भुमिका निभाउने बताइन् । ‘म यहा“की अभिभावक हु“’ उनले भनिन, ‘मेरो भुमिका यहा“का जनताको हकहितमा हुनेछ । नीति, नियम, र कानुन बमोजिम सकारात्मक भुमिका खेल्नेछु ।’ उनले जनताको अपेक्षा अनुसार नै आफूले जिम्मेवारी वहन गर्ने बताइन् । कार्यक्रममा प्रदेशका अर्थमन्त्री किरण गुरुङ, प्रमुख जिल्ला अधिकारी, निमित्त प्रदेश प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरुको सहभागीता थियो । यसभन्दा अघि गण्डकीले बाबुराम कु“वर र अमिक शेरचन दुईजना प्रदेश प्रमुख पाइसकेको छ । शेरचन १८ महिना २ दिनपछि मंगलबार विदाई भएका थिए ।