प्रतिगमन भाग २, डटेर प्रतिवाद गरौं– माधव नेपाल

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ को डटेर प्रतिवाद गर्नुपर्ने बताएका छन् । शनिवार बिहान टुइटरमा लेख्दै नेता नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताए ।

फेरी प्रतिगमन दोहोरिएको उनको भनाई छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको उनले बताए ।
उनले भने, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *