प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको ुविनियोजन विधेयक, २०७८ु राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ७ गते प्रमाणीकरण गरेकी थिइन् ।
त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक(२०७८ र राष्ट्र ऋण उठाउने विधेयक(२०७८ का बारेमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजीसहित सदनमा अवरोध गरेको थियो ।
प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ । विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरेको हो । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीअनुसार सूचना जारी नगरेको एमालेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *