
जिल्ला प्रहरी कार्यालय कास्कीले भिडियो कन्फ्रेन्सबाट प्रतिवादीको बयान तथा म्याद थप गरेको छ ।
बिभिन्न मुद्दाका प्रतिवादीलाई प्रत्यक्ष रुपमा जिल्ला अदालतमा उपस्थित गराई म्याद थप प्रकृया तथा बयान गर्ने गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाईरस महामारीको अवस्थामा जिल्ला अदालत र सरकारी वकिल कार्यालयसंगको समन्वयमा प्रतिवादीहरूको म्याद थप प्रकृया तथा बयान भिडियो कन्फ्रेन्सबाट संचालन गरिएको उनले बताए ।

उनका अनुसार जिल्ला न्यायधिशको प्रत्यक्ष निगरानीमा भर्चुअल माध्यामबाट विभिन्न मुद्दाका १० जनाको म्याद थप र विभिन्न ७ मुद्दाका ११ जनाको बयान तथा थुनछेकको बहस गरिएको छ ।

Post Views: 20