प्रदेशसभा वैठक कहिले ?

Share this post :

Facebook
Twitter
WhatsApp

मार्सल लगाएर गत असार ३० मा आर्थिक बर्ष २०७८÷७९ को बजेट पारित गरेपछि गण्डकी प्रदेशसभा वैठक अहिलेसम्म बस्न सकेको छैन् । बर्खे अर्थात् बजेट अधिवेशन करिव एक महिनादेखी स्थगित भएपनि वैठक कहिले बस्छ भन्ने टुंगो अझै नलागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिए । उनका अनुसार वैठकको विषयमा छलफल भइरहेको छ ।
‘सदन सत्ता र प्रतिपक्ष दुवैको खुशीमा चलाउने हो’ उनले भने, ‘पुर्व मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलतका नेता पृथ्वीसुव्वा गुरुङ अहिले पोखरा हुनुहुन्न । उहाँसंग छलफल गर्नुपर्ने विषय धेरै छन् । सरकारले एकलौटी निर्णय गर्न नमिल्ने काम था“ती रहेकाले हाल र पुर्व मुख्यमन्त्रीबीच छलफल गरेपछि मात्र वैठक आह्रवान् गर्छौ ।’ दलका नेता गुरुङ पार्टीको कामले काठमाण्डौ गएको बताउदै उनले फर्किने वित्तिकै सदनको विषय अगाडी बढाइने बताए । ‘उहाँ आएपछि त वैठकको टुंगौ लाग्छ । दुईदिनको कुरा त हो’ उनले थपे । सरकारले सदनमा विजनेशको भने अभाव बनाएको बताए । प्रदेशसभा सचिवालयमा दर्ता भएको एउटा विधेयक भएपनि अन्य विधेयकको ड्राफ्ट भइरहेको प्रवक्ता खड्काको भनाई छ । उनले सदन संचालनको लागि सरकारले पर्याप्त विजनेश दिने सक्ने बताए ।
सरकारलाई जवाफदेही बनाउन महत्वपूर्ण भुमिका खेल्ने, मिनी संसदको रुपमा समेत चिनिने संसदीय समिति पनि लामोसमयदेखी निस्कृय छन् । गण्डकी प्रदेशसभा अन्तर्गत विधान, सार्वजानिक लेखा, अर्थ तथा विकास र प्रदेश मामिला गरी ४ वटा विषयगत समिति छन् । संसदीय समितिमा सभापति हेरफेरको काम पनि यत्तिकै रहेको खड्काको भनाई छ । ‘कार्य व्यवस्था परार्मश समितिको वैठक बसेर सदन संचालन गर्न सक्थ्र्यौ’ उनले भने, ‘पुर्व मुख्यमन्त्री आएपछि संसदीय समितिको सभापति नियुक्तिको विषयमा छलफल गर्नुपर्ने छ ।’ लेखा समितिको सभापति कुमार खड्का अहिले मन्त्री छन् । लेखाको सभापतिमा प्रतिपक्ष रहने व्यवस्था छ । यस्तै, विधान समितिको सभापति नेकपा एमालेका छन् । विधान समितिको सभापति सत्तापक्षकै हुने भएकाले फेर्ने तयारीमा सरकार छ । लेखा समिति र विधान समितिको सभापतिको टुंगो लगाएर मात्र वैठक संचालन गर्ने तयारी भएको मन्त्री खड्काको भनाई छ । सरकार परिवर्तनमा सांसद व्यस्त भएकाले पनि मिनि संसद करिव एक बर्षदेखी निष्कृय छन् । प्रदेश मामिलाको सभापतिमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही नियुक्त भएका छन् भने अर्थ तथा विकास समितिको सभापतिमा सत्तापक्षकै दीपक कोइराला रहेका छन् ।
सभामुख नेत्रनाथ अधिकारीले दुईवटा समितिको सभापति टुंगो लगाउन सरकारलाई भनेको बताए । सभामुखले संसद वैठकबारे मुख्यमन्त्रीसंग छलफल भइरहेको बताए । पछिल्लो राजनीतिक घटनाक्रमले पनि संसद वैठक ढिला भएको उनले बताए । यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसद वैठक संचालन गर्न ढिला गरिरहेको बताए । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले वैठक चलाउनको लागि सरकारलाई ध्यानाकर्षण गराइएको बताए । नेकपा एमालेको पार्टी वैठकमा काठमाण्डौ भएकाले वैठक सकिनेवित्तिकै जिल्ला फर्किने बताएका उनले सरकारले दलका नेतासंग छलफल र सहकार्य गरेर मात्र वैठक चलाउनुपर्ने बताए । ‘दलको नेतासंग कुरा भएको छ या छैन थाहा भएन’ उनले भने, ‘हामीले दुवै पक्षबीच छलफल गरेर सहकार्य र समन्वयबाटै वैठक सुचारु गरौ भनेका छौ । पुराना कुरा दोहो¥याएर संसद अवरुद्ध गरेर हुदैन । सहमति गरे सहयोग गरेरै अगाडी बढ्छौ ।’ उनले विगतका दिनमा पनि सरकारलाई सहयोग गर्दागर्दै मार्सल लगाएर सरकारले बजेट पास गरेको बताए । ‘प्रतिपक्ष पनि छ भनेर छलफल गरे हाम्रो आपत्ति हुैदन, यदी प्रतिपक्ष को हो र भनेर सरकार अगाडी बढेमा हामी प्रतिपक्षको भुमिका निभ्याउछौ’ अधिकारीले भने । सरकारले बहुबर्षिय, प्रदेश गौरवका आयोजना, क्रमागत योजना र सालबसाली योजनामा रकम कटौती गरेको बताउदै उनले यस्ता योजनालाई अगाडी बढाउन माग गरेका छन् । यी योजना संचालनको लागि सरकारले समन्वय गरे संसद वैठक संचालनमा प्रतिपक्षले सहयोग गर्ने उनले बताए । उनका अनुसार आधारभुत खानेपानी, मोटरेबलपुल जस्ता अत्यावश्यक योजना साझा रहेकाले सरकारले पहिलेको सरकारका योजना नभनी अगाडी बढाउनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *