प्रदेशसभा वैठक भोली १ बजेसम्मलाई स्थगित, खोप लगाएका सांसदको फेरि पीसीआर गरिने, सांसदको स्वाब आजै लिने

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाको भवनबाट बाहिरीदै सांसद । तस्बिर प्रतिपत्र ।


प्रतिपत्र संवाददाता (पोखरा)
गण्डकी प्रदेशसभाको मंगलबार १२ बजेर १५ मिनेट जादा सुरु भएको वैठक सत्तारुढ दल नेकपा एमालेले अवरुद्ध गरेपछि भोली (बुधबार) १ बजे सम्मलाई स्थगित गरिएको छ । सवै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै सत्तारुढ एमालले संसद अवरुद्ध गरेको थियो । सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद स्थगित भएको जनाएका थिए ।
२० मिनेटको लागि स्थगित भएको संसद कार्य व्यवस्थाको वैठकमा सहमति नजुटेपछि भोली १ बजे सम्मलाई स्थगित गरिएको सांसद मेखलाल श्रेष्ठले जानकारी दिए । सरकार ढल्ने निश्चित भएपछि एमालले सत्ता लम्बाउनको लागि पीसीआर परीक्षण बाहाना बनाउदै संसद अवरुद्ध गरेको हो । कार्य व्यवस्था परामर्शको वैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी र अन्य सदस्यले समेत हस्ताक्षर गरेर सुरु गरिएको वैठक अवरुद्ध गरेको भन्दै अरु दलका सांसदले विरोध गरेका छन् । वैठक सुरु भएपछि एमालेले उठेर विरोध जनाएको थियो ।
वैठकमा अधिकारीले कोरोनाका विषय उठाउदै सभामुखलाई ध्यानाकर्षण गराएका थिए । विशेष अधिवेशन सोमबारदेखी सुरु भएको हो । सोमबारको वैठकमा अविश्वासको प्रस्ताव टेबुल भएको थियो भने, प्रस्तावमाथी छलफल गरिएको थियो । सचिवालयले जारी कार्यसुचीमा आज पनि अविश्वासको प्रस्तावमै छलफल गर्ने तयारी थियो । प्रदेशसभामा कार्य व्यवस्थाको वैठक जारी छ । कार्य व्यवस्थाको वैठकमा आज बेलुकासम्म सवै सांसदको स्वाब लिइसक्नुपर्ने, स्वाब परीक्षणमा रिजल्ट पोजेटीभ आएमा सांसदले अविश्वासको प्रस्तावमाथी मत हाल्न पाउने तर, सदनमा बोल्न नपाउने, पोजेटीभ देखिएका सांसदलाई मत हाल्ने व्यवस्था सचिवालयले गर्ने र आउनेजाने व्यवस्था सांसद स्वंमले गर्नुपर्ने र परीक्षणको सवै जिम्मा सरकारले लिने निर्णय भएको एमाले सांसद कृष्ण थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *